Comments Add Comment

आमाको रक्तचापले गर्भको शिशु छोरा कि छोरी निर्धारण गर्छ ?

pregnant

काठमाडौं । महिलाहरु आफ्नो गर्भमा रहेको शिशुको बारेमा निकै उत्सुक हुन्छन् । गर्भ रहेको सुरुवाती अवस्थादेखि नै गर्भमा छोरा छ कि छोरी भनेर उनीहरु बुझ्न चाहन्छन् ।

अनुसन्धानकर्ताको एक समूहले हालै गरेको एक प्रारम्भिक अध्ययनले आमाकोे गर्भमा रहेको शिशुको लिङ्ग निर्धारण र आमाको रक्तचापबीच गर्भ रहनु ६ महिना अगावै सम्बन्ध रहने फेला पारेको छ ।

क्यानेडियन तथा चिनियाँ अनुसन्धानकर्ताको समूहले सन् २००९ मा चीनको लिउयाङ्गस्थित १४ सय नयाँ विवाहित जोडीमाझ गरेको अध्ययनले गर्भ रहनु पूर्व गरिएको रक्तचाप परीक्षणमा उच्च रक्तचाप भएका महिलाहरुमा छोरा जन्माउने सम्भावना उच्च रहने गरेको फेला पारेको थियो ।

अनुसन्धानका लागि सबै महिलाहरुले रक्तचाप, कोलेस्ट्रोल, ट्राइग्लिसेराइड, ग्लुकोज लेभल लगायत सम्पूर्ण आवश्यक जाँच गरेका थिए । यो सबै जाँच उनीहरु गर्भवती हुनु करिब ६ महिनाअघि गरिएको थियो । महिलाहरु गर्भवती भए लगत्तै फेरि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुको रक्तचाप, प्रजनन स्वास्थ्य लगायत सम्पूर्ण परीक्षण नियमित गरिएको थियो ।

अन्ततः अध्ययनका सहभागीमध्ये ७ सय ३९ जनाले छोरालाई जन्म दिए भने ६ सय ७२ छोरी जन्माए । तिनै आमाहरुले छोरालाई जन्म दिए, गर्भावस्थामा जसको सिस्टोलिक रक्तचाप (१२० भन्दा माथि) बढी थियो । रक्तचाप कम हुनेहरुले छोरी जन्माएको पाइयो ।

यो नतिजाले महिलाको गर्भावस्थाअघिको रक्तचापले शिशुको लिंग निर्धारण गर्ने पत्ता लगाए पनि यसको कारण र प्रभावबारे केही प्रमाण जुटाएका छैन ।

आमाको रक्तचापले शिशुको लिङ्ग कसरी निर्धारण गर्छ ?

अनुसन्धानकर्ताहरुले यसको मुख्य कारण गर्भमा रहेको शिशुको रक्तचापसित सम्बन्धित हुने अनुमान गरेका छन् ।

अध्ययनका प्रमुख डा. रवि रेत्नाकरणले भनेका छन्, ‘गर्भ रहनुपूर्व छोटो समयको रक्तचापले पनि भ्रुण छोरी हुने वा छोरा हुने भन्ने सम्भावना देखाउँछ ।’

उनले गर्भवती हुनुअघिको रक्तचापको अवस्था र छोरा वा छोरी जन्माउनु भनेको यसको असर र प्रभाव नभई दुई बीचको सम्बन्ध भएको बताए । ‘छोरा वा छोरी जन्मिने भन्ने कुरा गर्भवतीको मानसिक स्थितिमा पनि भर पर्छ’, रेत्नाकरणले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment