Comments Add Comment

नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा ९ गुणा बढि आवेदन

original1470591085fpo

३ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा ९ गुणा बढि आवेदन परेको छ । कम्पनीको सेयरमा अन्तिम दिन सम्ममा ४० अर्ब रुपैयाँ बराबरको आवेदन परेको अनुमान बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले गरेको छ।

अन्तिम दिन आइतबार मात्र करिव २४ अर्ब रुपैयाँको आवेदन परेको कम्पनीको वास्तविक तथ्यांक आउन बाँकी रहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले उल्लेख गरेको छ ।

नेपाल लाइफले प्रिमियम मूल्य सहित प्रति कित्ता १४ सय २५ रुपैयाँका दरले एफपिओ जारी गरेको थियो। पुस २७ बाट आवेदन खुलेको कम्पनीको सेयर आइतवारसम्म बिक्री खुला गरिएको थियो। नेपाल लाइफले चार अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४ सय ९९ कित्ता एफपिओ जारी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment