Comments Add Comment

मूल्यवृद्धि दर मात्रै ३.८ प्रतिशत, महंगी भारतभन्दा ०.४ प्रतिशत बढि

inflation३ माघ, काठमाडौं । राष्ट्र बैंकले जारी गरेको देशको आर्थिक प्रतिवेदनले मंसिर महिनामा मूल्यवृद्धि दर ३.८ प्रतिशतमा सिमित भएको उल्लेख गरेको छ । गत वर्षको मंसिरमा यस्तो मूल्य य वृद्धि दर ११ प्रतिशत रहेकोमा चालु आवमा भने यो दरको वृद्धि सुस्तिएको तथ्यांक सार्वजनिक भएको छ ।

नेपालमा मूल्य वृद्धिदर सुस्तिएपछि भारत र नेपालको महंगी दरमा देखिदै आएको ठुलो अन्तर पनि पुरिदै गएको देखिन्छ । नेपालीहरुले ३.८ प्रतिशत मूल्य वृद्धि व्यहोरी रहँदा भारतीयहरुले ३.४ प्रतिशतमात्र महंगी व्यहोरी रहेका छन् ।

नेपालमा खाद सामाग्रीमा मूल्य वृद्धि दर ०.६ प्रतिशतमा सिमित भएको तथ्यांकमा उल्लेख छ । यता, खाद्य बाहेक अन्य सामाग्रीको मूल्य वृद्धि ६.५ प्रतिशत रहेको छ । काठमाडौंमा सबैभन्दा कम मूल्य वृद्धि देखिएको छ । काठमाडौंका जनताले २.५ प्रतिशत मात्र मूल्य वृद्धि छ । पहाडमा ५.६, तराई र हिमाल दुवैमा ३.७ प्रतिशतमा मूल्य वृद्धि रहेको छ ।

गत आवमा नाकाबन्दीपछि उच्चले मूल्य वृद्धि भइसकेको कारण चालु आवमा वृद्धिदर कम भएको देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment