Comments Add Comment

जोगेन्द्र दम्पतीले बनाइदिए पूर्व क्षेत्रिय प्रहरी अस्पताल

jogendra-couple-and-upendrakanta-aryal३ माघ, सप्तरी । सप्तरीको रायपुर गाविसस्थित रुपनीमा पूर्व क्षेत्रिय प्रहरी अस्पतालको स्थापना भएको छ ।

अस्पतालको सोमबार प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले उद्घाटन गरे । पूर्व पश्चिम राजमार्गसँगै टाँसिएको ठाउँमा दाता राजविराज ४ निवासी जोगेन्द्र भगत र उनकी पत्नी ठाकोदेवीले दान गरेको जग्गामा २५ बेडको अस्पताल निर्माण गरिएको छ । अस्पतालको भवन समेत भगत दम्पतिले नै निर्माण गरिदिएका छन् ।

अस्पतालको उदघाटन गर्दै नेपाल प्रहरीका प्रमुख अर्यालले प्रहरीको अस्पतालमा सर्वसाधारणको पनि उपचार गरिने बताए ।

उनले एक साताभित्रै मुलुकको बिभिन्न ठाउँमा रहेका नेपाल प्रहरीको अस्पतालमा सर्वसाधारणको समेत उपचारको व्यवस्था हुने बताए । यसका निम्ति कार्य भइरहेको बताउँदै उनले सर्वसाधारणका लागि विशेष प्याकेजहरु ल्याइने जानकारी दिए ।

रुपनीमा स्थापना गरिएको अस्पतालमा केहि दिनभित्रै ट्रमा सेन्टरको व्यवस्था गरिने बताउँदै सबैको उपचार राम्रो तरिकाले होस् भन्ने आफूहरुको चाहना रहेको बताए ।

उनले जग्ग्ाा दान गर्दै भवन निर्माण समेत गरिदिने भगत दम्पतिलाई हार्दिक धन्यवाद दिदैं यो अस्पतालमा नेपाल प्रहरीको तर्फबाट ५० लाख नगद र एक करोड बराबरको उपकरण प्रदान गरिएको बताए ।

नेपाल प्रहरी अस्पतालका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले अस्पतालको उद्घाटनसँगै आकस्मिक सेवा प्रारम्भ गरिसकिएको बताउँदै ओपिडी सेवा पनि केहि दिनभित्रै प्रारम्भ गरिने बताए ।

राजमार्गसँगै रहेको यो अस्पतालमा दुर्घटना सम्बन्धी विशेष चिकित्सकको व्यवस्था गरिने बताउँदै उनले चाँडै नै सिटि स्क्यान सेवा पनि प्रारम्भ गरिने जानकारी दिए ।

वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. वीपी. दासले प्रतिष्ठान यो अस्पतालसँग सहकार्य गर्दै हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए ।

अस्पतलका लागि दुई बिघा ५ कठ्ठा जग्गा दान गर्दै भवन समेत निर्माण गरिदिने भगत दम्पतिलाई प्रहरी प्रमुख अर्यालले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment