Comments Add Comment

एमालेले राष्ट्रियतामा खेलवाड गर्‍योः कांग्रेस नेता पाण्डे

'संशोधन प्रस्तावलाई भारतीय आँखाले हेर्नु सत्ता छाड्नुपर्दाको छटपटी'

surendra-pandey-nc-leader

३ माघ, भैरहवा । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले संसदमा विचाराधीन अवस्थामा रहेको संशोधन प्रस्ताव पास हुने दावी गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीले सोमवार भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले संविधान संशोधन पछि संविधान कार्यान्वयन हुने र मधेसी जनताको माग पनि सम्बोधन हुने भएकाले कांग्रेसले प्रस्ताव पास गराउने बताए ।

संशोधन प्रस्तावलाई भारतीय आँखाले हेर्नु एमालेको सत्ता छाड्नुपर्दाको छटपटी भएको उनले टिप्पणी गरे । नेकपा एमालेले राष्ट्रघात शब्दलाई तल्लो स्तरमा प्रयोग गर्दै नेपाली राष्ट्रियता र एकतामा खेलवाड गरीरहेको आरोपसमेत उनले लगाए ।

सबै दलको सहमतीमा संविधान कार्यान्वयन गराउने उद्देश्यले नेपाली कांग्रेससहितको सहमतिमा सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको र यसलाई एमालेले गलत रुपमा प्रचार गरेको उनले प्रस्टाए ।

‘हाल पाँच नम्बर प्रदेशका बारेमा आएको संशोधनका विषयमा स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी ओलीले नै सात प्रदेशको खाकामा हस्ताक्षर गरेका छन्,’ नेता पाण्डेले भने, ‘आफूले गर्दा सबै राम्रो र त्यही प्रस्ताव अरुले ल्याउँदा राष्ट्रघाती भयो भन्नु आफैमा जायज छैन ।’

मधेसवादी दलहरुको मागलाई सम्बोधन गर्ने गरी आएको संविधान संशोधन प्रस्तावको बिरोध गर्दै एमाले अध्यक्ष केपी ओलीले दिइरहेको अभिव्यक्तिले बिखण्डनकारीहरुलाई सहयोग पुगेको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment