Comments Add Comment

फरवार्ड माइक्रोफाइनान्सको आइपीओमा लगानीकर्ताले आस्वा सुविधा पाउँने

asba4

३ माघ, काठमाडौं । फरवार्ड कम्युनिटी  माइक्रोफाइनान्सले लगानीकर्ताको बैंकमा रहेको निक्षेप खातामा नै रकम रोक्का रहने सुविधा (आस्वा) सहित सेयर जारी गर्ने भएको छ ।

माघ ९ गतेबाट सेयर जारी गर्न लागेको कम्पनीले यस्तो सुविधा दिने भएको धितोपत्र बोर्डले उल्लेख गरेको छ । माघ १ गतेबाट आस्वा सेवा सुरु भएपनि तत्काललाई अनिवार्य भने गरिएको छैन् ।

हाल भने ७३ जिल्लामा आस्वा सेवा दिन ३० वटा बैंक तथा वित्तीय संस्था इच्छुक देखिएका छन् । यी संस्थाका १ हजार ५ सय ७ शाखाबाट यो सुविधा उपलब्ध हुने भएको छ । फवार्ड माइक्रोफाइनान्सको आइपीओमा यो सेवा दिन कुन कुन बैंक सहभागी रहेका छन् खुलाइएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment