Comments Add Comment

एनसीसीको कामु महाप्रबन्धकमा बन्दना पाठक नियुक्त

bandana pathak

३ माघ, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले बन्दना पाठकलाई कामु महा–प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले पुस १५ गते देखि लागु हुने गरी उनलाई नियुक्त गरेको हो ।

यसअघि पाठकले सो बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत कार्यभार सम्हाल्दै आएकी थिइन ।

अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेकी पाठकले १९९४ मा नेपाल बंगलादेश बैंकबाट बैकिङ्ग करियर सुरु गरेही हुन् । पाठकले १० वर्ष सो बैंकमा काम गरेर २००४ मा एनसीसी बैंकमा नायब प्रवन्धक पदमा प्रवेश गरेकी थिइन ।

सहायक पदबाट बैकिङ्ग सेवा शुरु गरेकी पाठक नेपालको निजी क्षेत्रको वाणिज्य बैंकमा नायब प्रमुख कार्यकारी तहमा पुग्ने सम्भवतः पहिलो महिला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment