Comments Add Comment

चिनियाँ सुपर लिगमा नयाँ नियम, अब तीन विदेशी मात्र खेलाउन पाउने

oscar-r-is-now-one-of-three-brazilians-at-shanghai-sipg
३ माघ, काठमाडौं । चिनियाँ सुपर लिगका क्लबहरुले आगामी सिजनबाट एक खेलमा बढीमा तीन विदेशी खेलाडी मात्र खेलाउन पाउने भएका छन् ।

चिनियाँ सुपर लिगको नयाँ सिजन मार्चमा सुरु हुनेछ ।

चिनियाँ क्लबहरुले एकपछि अर्को कीर्तिमानी मूल्यमा युरोपबाट खेलाडीहरु भित्र्याइरहेका बेला नयाँ नियम आएको हो । यसअघि चार विदेशी र एक एसियन खेलाडीले खेल दिनको टोलीमा राख्न सकिने व्यवस्था थियो ।

अब भने टोलीमा दुई यू-२३ चिनियाँ खेलाडीलाई टोलीमा राख्न सकिनेछ र एक सुरुवाति ११ मा पर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment