Comments Add Comment

महाधिवेशनको तयारीमा जुट्यो राप्रपा, आयोजक समिति गठन

leaders-of-rpp

३ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशनको तयारीमा जुटेको छ । राप्रपाले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा एकता महाधिबेशन मूल आयोजक समिति गठन गरेको छ ।

सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा, नेताहरु लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र डा. प्रकाशचन्द्र लोहनीसहितको ५०१ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्य सचिवमा पार्टीका महामन्त्रीद्वय टंक ढकाल र विक्रम पाण्डे रहेेको राप्रपाले जनाएको छ ।

बैठकले विभिन्न ११ उपसमिति पनि गठन गरेको छ । आर्थिक समितिको संयोजक दिपक बोहरा छन् ।

राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएपछि एकता महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment