Comments Add Comment

भीम रावललाई कारबाही गर्न मधेसी मोर्चाको माग

bhim-rawal

३ माघ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ‘राष्ट्रवादी’ दलहरुले राष्ट्रपति कार्यालयमै मधेसवादी शक्तिहरुविरुद्ध षड्यन्त्र गरेको दाबी गरेको छ ।

मधेसी मोर्चाको सोमबार बसेको बैठकले आफूहरुविरुद्ध झुटो प्रचार भएको निष्कर्ष निकालेको छ । र, एमाले नेता भीम रावलमाथि कारबाहीको माग गरेको छ ।

पुस २१ मा राष्ट्रपतिको आहृवानमा बसेको पाँच दलको बैठकमा पूर्व गृह तथा रक्षामन्त्री समेत रहेका रावलले मधेसमा गुरिल्ला तालिम हुन लागेको रिपोर्टिङ गरेका थिए । यसका लागि भारतमा भारतीय नेता, सशस्त्र समूह र मधेसी मोर्चाका नेताहरुको बैठक बसेको दाबी गर्दै उनले प्रधानमन्त्री कार्यालय बालुवाटारमा तीन पन्ने डकुमेन्ट समेत बुझाएका थिए ।

मधेसी मोर्चाका नेताहरुसहितको बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेको दाबी जानकारी गराउनुका साथै यो सुरक्षा निकायसँग बुझ्दा त्यो झुटो प्रचार मात्र पुष्टि भएको बताएका थिए ।

सोमबार बसेको मधेसी मोर्चाको सचिवालय बैठकले भनेको छ, ‘राष्ट्रपति कार्यालय जस्तो गरिमामय स्थानमा कथित केही राष्ट्रवादी भनौदा दलहरुले मधेसी मोर्चा र मधेसवादी शक्तिहरुविरुद्ध गरिएको षड्यन्त्र निन्दनीय छ ।’

उनले अघि भनेको छ, ‘झुटो सूचना सरकारलाई दिई राज्यलाई नै दिग्भ्रमित गर्ने उपर कडा कारबाही गर्न सरकारसँग माग गर्दछौं ।’

मधेसी मोर्चाको औपचारिक विज्ञप्तिमा रावलको नाम नलेखिएको भएपनि नेताहरुले आफूहरुको माग रावललाई कारबाही गर्नु पर्ने भएको रामसपाका महासचिव केशव झाले बताए ।

सहिद घोषणा गर्न माग

मधेसी मोर्चाले आफूले बुझाएको सुचीमा बाँकी रहेकाहरुलाई अविलम्ब शहिद घोषणा गर्न माग पनि गरेको छ । साथै आन्दोलनमा क्रममा लागेका मुद्दा फिर्ता लिन, घाइतेको उपचार खर्च दिन, भरणपोषणको व्यवस्था गर्न र घाइतेहरुलाई राज्यको तर्फबाट उचित सम्मान दिन माग गरेको छ ।

बैठकले हालै भएको उच्च अदालतका ८० न्यायाधीशको नियुक्ति समावेशी नभएको भन्दै विरोध गरेको छ भने संविधान संशोधन विधेयक परिर्माजनसहित पास गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment