Comments Add Comment

राष्ट्रपतिले शीतल निवासबाटै अन्माइन् छोरी, हेर्नुस् ९ तस्वीर

३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी देवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिषेक यादवबीच सोमबार विवाह भएको छ । राष्ट्रपति भण्डारीले शितल निवासबाटै छोरी अन्माइन् ।

बिहान १० बजेको शुभसाइतमा स्वयम्वर भएको थियो ।

ई. मुनिलाल यादव र सांसद किरण यादवका छोरा अभिषेक ईन्जिनियर हुन् भने निशाकुशुम डाक्टर हुन् । उनीहरुको सात वर्षको प्रेम सम्बन्ध विवाहमा परिणत भएको हो ।

nisha-kusum-bhandari-and-abhishek-yadav-marriage-3

बिहेमा ५१ जना जन्ती शितल निवास आएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । वर-वधुलाई शुभकामना दिन उपराष्ट्रपति नन्दबहादुर पुन, राजनीतिक दलका शीर्ष नेताहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, पूर्वराजा ज्ञानेन्द्र शाह लगायत शितल निवास पुगेका थिए ।

nisha-kusum-bhandari-and-abhishek-yadav-marriage-2

nisha-kusum-bhandari-and-abhishek-yadav-marriage

nisha-kusum-bhandari-and-abhishek-yadav-marriage-4

nisha-kusum-bhandari-and-abhishek-yadav-marriage4
nisha-kusum-bhandari-and-abhishek-yadav-marriage-6

nisha-kusum-bhandari-and-abhishek-yadav-marriage-5

तस्वीर सौजन्य: राष्ट्रपति कार्यालय

nisha-kusum-and-abhishek-marriage-1

gyanendra-shaha-shital-nibas-2

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment