Comments Add Comment

नेपाल पशु चिकित्सा परिषद् निर्विरोध चयन

pasu-doctor३ माघ, काठमाडौं । नेपाल पशु चिकित्सा परिषद्को पाँचौ कार्यकारिणी समितिका पदाधिकारीहरुको चयन भएको छ । परिषद्को उपाध्यक्षमा डा. रामकृष्ण खतिवडा र डा. सुविर सिंह निर्विरोध निर्वाचित भएका छन् ।

परिषद्का ५ जना र सदस्यहरुमा डा. हरि प्रसाद सुवाल, डा. सम्झना कुमारी काफ्ले, डा. शिशिर भण्डारी, डा. नारायण न्यौपाने र डा. नरेश प्रसाद जोशी निर्विरोध निर्वाचित भएका छन् ।

परिषद्का अध्यक्ष एक जना र दुई जना मनोनित हुने व्यवस्था भएअनुसार अध्यक्ष डा. धनराज रताला र सदस्यद्वय डा. सिताराम अर्याल र डा. रेवतीमान श्रेष्ठ कार्यरत छन् ।

नेपालका भेटेरिनरी डाक्टरहरुले एकता भएर मुलुकको पशु चिकित्सा व्यवसायलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप मर्यादित, व्यवस्थित र विकसित गराउने मन वचन र कर्मले लाग्ने प्रतिवद्धता जाहेर गरेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment