Comments Add Comment

मारुती सिमेन्टको भूकम्पीय सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम

sadak-natak

३ माघ, काठमाडाैं । मारुती सिमेन्टले १९ औं भूकम्प सुरक्षा दिवस २०७३ को अवसर पारेर देशका विभिन्न स्थानहरुमा जन-चेतना मुलक सडक नाटक कार्यक्रम गरिरहेको छ ।

उल्लेख्य मात्रामा जन सहभागिता रहेको कार्यक्रमहरुमा भूकम्प के हो ? भूकम्प आइरहेको बेला के गर्न हुने – के गर्न नहुने ? भूकम्प प्रतिरोधी घर भनेको के हो ? यस्तो घर संरचना बनाउन के कस्तो बिधि अपनाउनु पर्छ ? नक्सा पास गराउनु पर्ने या नपर्ने ? इन्जिनियर प्रयोग गर्नु पर्ने या नपर्ने ? र गुणस्तरीय निर्माण सामग्रीको छनौट तथा प्रयोगमा के के कुरामा ध्यान दिने भन्ने बिषयमा चेतना प्रदान गरिएको छ ।

“भुकम्पीय सुरक्षाको बलियो आधार, भुइचालो थेग्ने घर र भौतिक पुर्बधार” भन्ने मूल नाराका साथ कार्यक्रम सुरु गरिएको कम्पनीका ब्रान्ड म्यानेजर राजु श्रेष्ठले दिए ।

कार्यक्रमलार्इ अझ रमाइलो र प्रभावकारी बनाउन नाटकका दर्शकलाई जन-चेतना मुलक नाटक बाटै प्रश्न सोधी सही उत्तर दिने सहभागीलार्इ आकर्षक टि-सर्ट र क्याप उपहार स्वरूप प्रदान गरिएको थियो।

एक हप्तासम्म चल्ने उक्त कार्यक्रम काठमाडौँको रत्नपार्क, कोटेश्वोर, साँखु, हुँदै धादिङ गजुरी, मुग्लिन, नारायनघाट, आबु- खैरेनी हुदै पोखरासम्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment