Comments Add Comment

नेयमार युरोपकै महंगा खेलाडी, रोनाल्डो कति औं स्थानमा ?

Neymar

३ माघ, काठमाडौं । युरोपमा बार्सिलोनाका स्ट्राइकर नेयमार सबैभन्दा महंगा खेलाडी भएको एक अध्ययनले देखाएको छ ।

उनी टिममेट लिओनल मेस्सी भन्दा पनि अगाडि छन् । सीआईइएस फुटबल अब्जरभेटरीले तयार पारेको मूल्यवान १० फुटबलरको सूचीमा नेयमार करिव २१६ मिलियन पाउण्डका साथ शीर्ष स्थानमा छन् ।

१४९ मिलियन पाउण्डका साथमा अर्जेन्टिनी स्टार मेस्सी दोस्रो स्थानमा छन् भने रियल मडि्रडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो १११ मिलियन पाउण्डका साथमा सातौं स्थानमा छन् ।

शीर्ष १० को सूचीमा इंग्लिस खेलाडी एक मात्र छन् । टोटनहृयामका हृयारी केन यो सूचीमा परेका छन् । तेस्रो नम्बरमा पल पोग्बा, चौथो नम्बरमा एन्टोनी ग्रिजम्यान, पाँचौं नम्बरमा लुइस स्वरेज छन् ।most-expensive-players

खेलाडीहरुको ट्रान्सफर मूल्य तथा प्रस्तावका आधारमा तयार पारिएको युुरोपका महंगा खेलाडीको सूचीको आठौं नम्बरमा डिबाला छन् भने नवौंमा डेल हली र दशौं नम्बरमा इडेन हजार्ड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment