Comments Add Comment

१५ औं आहा ! रारा गोल्डकप आजदेखि

football

४ माघ, पोखरा । आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा हुने आहा ! रारा गोल्ड कप १५औं संस्करणको नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले आज दिउँसो एक बजे उद्घाटन गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव र बिरुद्ध सुदूरपश्चिम-११ स्पोर्टिङ्गबीच प्रतिस्पर्धा हुनेछ । आयोजक सहारा ३ जना विदेशी खेलाडीसहित र सुदूरपश्चिम ११ स्पोर्टिङ क्लव युवा खेलाडी लिएर मैदानमा उत्रने भएको छ ।

दुई दिनअघि सुदूर गोल्डकपमा संकटा क्लवसँग १-० गोलअन्तरले पराजित भएर आहा ! रारा गोल्डकप खेल्न आएको सुदूरपश्चिमका खेलाडीको मनोबल केही खस्केको अवस्थामा छ । यद्यपि, उनीहरुले सेमीफाइनलसम्मको यात्रा तय गर्ने लक्ष्य लिएको क्लबका प्रशिक्षक सुरेश हमालले बताए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलकुद र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने दुई जनालाई आयोजक सहारा क्लवले सम्मान गर्ने भएको छ । आहा रारा गोल्ड कपमा स्थापना कालदेखि मुख्य प्रायोजन गर्दै आएको हिमश्री फुड्स प्रालिका अध्यक्ष तथा समाजसेवी सुर्यबहादुर केसी र फुटबल खेलमा उल्लेखनीय योगदान पुर्‍याएका मोतिमान शाक्यलाई सम्मान गरिने क्लबका अध्यक्ष बिरभद्र आचार्यले जानकारी दिए ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको सहरको रुपमा स्थापित गरौं’ भन्ने मुख्य उद्देश्यले आयोजित प्रतियोगितामा अमेरिका, बंगलादेश, मित्रराष्ट्र भारतका तीन टिमसहित १२ वटा चर्चित क्लबहरु सहभागी हुनेछन् ।

प्रतियोगितामा बंगलादेशको फारसगञ्ज एस.सी, अमेरिकाको ए.एन.ए.युएसए फुटवल टीम र भारतको युनाईटेड सिक्किम फुटवल क्लवले सहभागिता जनाउँदै छन् ।

त्यस्तै विभागीय टीमहरु नेपाल पुलिस क्लव, सशस्त्र प्रहरीको एपिएफ क्लव, नेपाल आर्मीले प्रतिस्पर्धा गर्नेछन् भने लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लव, संकटा क्लव, रमपम झापा ११, धरान फुटवल क्लव, सुदुरपश्चिम ११ स्पोर्टिङ क्लव र आयोजक सहारा क्लव पोखरा पनि प्रतिस्पर्धामा उत्रने कार्यक्रम संयोजक तथा क्लवका वरिष्ठ उपाध्यक्ष केशबबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले पाँच लाख एक हजार, उपविजेताले दुई लाख ५१ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीलाई नेपाल जेनरल मार्केटिङ प्रालिको तर्फबाट एक थान हिरो ड्यास स्कुटर प्रदान गरिने क्लवले जनाएको छ । त्यस्तै, सर्बाधिक गोलकर्तालाई पोखरा उद्योग वाणिज्य संघको तर्फबाट २५ सहित ट्रफी तथा उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राईकर र उत्कृष्ट प्रशिक्षकलाई पृथ्वी राजमार्ग बस सञ्चालक समितिको तर्फबाट नगद १५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने महासचिव केशवराज बरालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment