Comments Add Comment

रेमिट्यान्सको वृद्धिदरमा थप प्रभाव, यो वर्ष कति भित्रियो ?

Money transfer remittance
४ माघ, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लगातार घटेपछि रेमिट्यान्सको वृद्धिदर पनि घटेको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विदेशबाट आउने रेमिट्यान्सको वृद्धिदरमा १३ प्रतिशतले कमी आएको छ ।

विदेशबाट नेपालीले आर्जन गरेर पठाउने रकमको वृद्धि अनुपात लगातार ओरालो लागिररहेको छ । त्यसले अर्थतन्त्रलाई निकै प्रभावित गर्न सक्ने भएपनि सरकारी तवरबाट यसबारे कुनै नीतिगत समीक्षा गरिएको छैन ।

नेपाल राष्ट्र बैंककाअनुसार यो आथिर्क वर्षको वर्ष पहिलो पाँच महिनामा २ खर्ब ८७ अर्ब ६६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो । यो वर्ष भने वृद्धिदरमा ठूलो प्रभाव देखिँदै गएको छ ।

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ६ प्रतिशतले बढेको छ । तर, यो वृद्धिदर अघिल्लो वर्षको सोही अवधिमा तुलनामा झण्डै १३ प्रतिशत कम हो ।

घट्नुको कारण के ?

रेमिटरयान्स आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएका कारण पनि वृद्धिदर प्रभावित भएको हो यस्तै भारतीय अमौदि्रकीकरणको कारण यसतर्फबाट प्राप्त हुने विप्रेषणमा कमी आएकोले कुल विप्रेषण आप्रवाहको वृद्धिमा केही कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४ को पाँच महिनामा गत वर्षको सोही अवधिको तुलनामा ८.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २२.६ प्रतिशतले घटेको थियो ।

यो वर्षको पहिलो चार महिनाको अवधिमा १ लाख ५९ हजार ४ सय ३१ जना नेपाली कामका लागि विदेशिएका छन् । मलेसिया र साउदीको रोजगारीमा देखिएको संकट नै विदेश जानेको संख्या घट्नुको मूल कारण मानिएको छ । साउदीमा चुलिएको आर्थिक संकटले पनि यसमा ठूलो प्रभाव पारेको छ ।

विदेश जानेको संख्या लगातार घटिरहनुले रेमिट्यान्सको वृद्धिदरलाई ऋणात्मक बनाएको छ । अहिलेसम्म ब्यापार घाटाको बिकराल अवस्थालाई थेग्नेसक्ने गरी रेमिट्यान्स परिचालित भइरहेको छ ।

तर, आयातको दर बढेको बढ्यै गर्नु र रेमिट्यान्सको वृद्धिदर घट्नुले अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्नसक्ने जानकारहरु बताउँछन् ।

विदेशमा कार्यरत ठूलो नेपाली जनशक्तिले पठाइरहेको रेमिट्यान्स उपभोगमै खर्च हुने प्रवृत्तिले पनि छ । रेमिट्यान्स रकम बढेपनि वृद्धिदर घट्नुलाई अर्थशास्त्रीहरुले नकारात्मक सूचकका रुपमा विश्लेषण गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment