Comments Add Comment

नेपालमा पहिलोपटक ‘ब्याचलर्स इन मिडवाइफ’को पाठपाठन सुरु

kathmandu-university-ku४ माघ, काठमाडौं । नेपालमा पहिलो पटक व्याचलर्स इन मिडवाइफसम्बन्धी पठनपाठन सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को आर्थिक सहयोगमा नेपाल सरकारले यही पुस २१ गतेदेखि नेपालमा पहिलो पटक स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान तथा काठमाडौं विश्वविद्यालयमा मिडवाइफसम्बन्धी औपचारिक पठनपाठन सुरु गरेको हो ।

युएनएफपीएले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालमा औपचारिक रुममा मिडवाइफसम्बन्धी पठन पाठन सुरु हुनु मुलुुकको मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारका लागि कोसेढुङ्गा भएको जनाएको छ ।

सो अवसरमा नेपालका लागि युएनएफपीएका प्रतिनिधि जुलियाभलिसीले नेपालको स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान तथा काठमाडौं विश्वविद्यालयमा यससम्बन्धी पठनपाठन सुरु गराउन पाउदा खुशी लागेको धारणा व्यक्त गरिन् ।

नेपालमा मातृ मृत्युदर घटाउन मिडवाइफहरुको महत्वपूर्ण भूमिका रहेको बताउदै उनले मातृ तथा नवजात शिशु मृत्युदरका साथै रोगको न्यूनीकरणका लागि मिडवाइफहरुको महत्वलाई मान्यता दिनुले प्रत्येक जन्मलाई इच्छाएको तथा प्रत्येक जन्मलाई सुरक्षित बनाउन योगदान दिने बताइन् ।

‘मिडवाइफको तालिम, रोजगारीमा भर्ना लिने, काममा खटाउने र काममा लगाइराख्ने योजनाले कुल मातृ तथा नवजात शिशु मृत्युको झण्डै दुईतिहाई घटाउनका लागि मद्दत पुर्‍याउन सक्ने उल्लेख गरिएको छ ।

साथै उनीहरुले ८७ प्रतिशतसम्म अत्यावश्यक यौन, प्रजनन, मातृ तथा शिशु स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने, अनकुल परिस्थितिको निर्माण र आवश्यक नीतिनियमबाट साथ दिने हो भने मिडवाइफहरु स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न एउटा सबैभन्दा मितव्ययी र सांस्कृतिक रुपमा संवेदनशील उपाय हो’, युएनएफपीएका पैरवी तथा सूचना अधिकृत सन्तोष क्षेत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिअनुसार विश्व स्वास्थ्य संगठन, युएनएफपीए, युनिसेफ र विश्व बैंकसहितको अन्तर एजेन्सी समूहको मातृ मृत्युसम्बन्धी एक अनुमान अनुसार सन् १९९० मा प्रति एक लाख जीवित जन्ममा ९ सय एक मातृ मृत्युदर रहेकोमा सन् २०१५मा दुई सय ५८ मा झारेर नेपालले अत्यन्तै ठूलो प्रगति गरेको छ ।

सुत्केरी गराउने दक्ष सहयोगीको अभावमा घरमै सुत्केरी हुँदा वा स्वास्थ्य निकायहम्ाा पूर्णरुपमा स्तरीय प्रसुती सेवा रेखदेखको उपलब्धता नहुनाले धेरै महिलाको सुत्केरी हुने क्रममा मृत्यु हुने गरेको छ ।

त्योभन्दा पनि ज्यादा, स्वास्थ्य सेवाको उपयोग र पहुँचमा असमानताले विभिन्न भौगोलिक क्षेत्र, जातीय समूह तथा शैक्षिक र आर्थिक अवस्था भएकाहरुबीचको स्वास्थ्य र स्थितिमा गम्भीर विभेद पैदा गरेको विज्ञप्तीमा उल्लेख छ ।

यूएनएफपीएले सन् २००९ देखि नै नेपालमा मिडवाइफी शिक्षाको विशिष्टीकरणका लागि स्वास्थ्य मन्त्रालय र अन्य साझेदारहरुसँग काम गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment