Comments Add Comment

छात्राहरुले पनि उभिएर पिसाब फेर्नुपर्ने !

shaanxi-normal-university-in-xian-china-has-installed-female-urinals

चीनको एउटा विश्वविद्यालयले छात्राहरुलाई उभिएर पिसाब फेर्न प्रेरित गरेको छ । विश्वविद्यालयमा छात्राहरुको लागि पनि पुरुषको जस्तै ‘युरिनल’ जडान गरिएपछि सबै छक्क परेका छन् ।

चीनको उत्तर-पश्चिमी क्षेत्रमा रहेको सान्सी नर्मल युनिभर्सिटीले पानीको बचत गर्न भन्दै यस्तो प्रयोग गरेको हो । छात्राहरुले परम्परागत शौचालयको ठाउँमा युरिनल प्रयोग गरेमा दैनिक एक लाख ६० हजार लिटर पानी बचत हुने विश्वविद्यालयको दाबी छ । तर, उभिएर पिसाब गर्दा कसरी पानी बचत हुन्छ भन्ने खुलाइएको छैन ।

शौचालयमा छात्राहरुले अत्यधिकरुपमा पानी खेर फालिरहेको आरोप विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा लगाइएको छ ।

शौचालयमा टाँसिएको सूचनामा भनिएको छ, ‘यदि सबै छात्राहरुले उभिएर पिसाब फेरेको खण्डमा पानीको बचत हुनुको साथै रोग फैलन पनि रोकिन्छ ।’

devices-such-as-the-shewee-which-helps-women-urinate-while-standing

छात्राहरुलाई उभिएर पिसाब गर्न सजिलो होस् भन्ने हेतुले शौचालयमा कागजको सोलीको व्यवस्था गरिएको छ ।

क्याम्पसले गरेको प्रयोगमाथि चिनियाँ सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरिरहेका छन् । एक जनाले लेखेका छन्, ‘यसबाट पानी कसरी बचत हुन्छ ? यसको पछाडि के तर्क छ ?’

अर्का व्यक्ति प्रश्न गर्छन्, ‘यसले कसरी काम गर्छ ? यसका डिजाइनरको दिमागमा के छ ?’

केटीहरुलाई उभिएर पिसाब फेर्न मिल्ने केही उपकरण आविस्कार भएका छन् । यस्ता उपकरण महोत्सव एवं क्याम्पिङमा प्रयोग गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment