Comments Add Comment

चन्द्रमामा पुग्ने अन्तिम व्यक्ति अब रहेनन्

gene-cernan-last-man-to-walk-on-moon-dies-aged-82

४ माघ, काठमाडौं । अमेरिकी अन्तरिक्ष यात्री जीन सर्ननको ८२ वर्षको उमेरमा निधन भएको छ । उनी चन्द्रमामा पुग्ने अन्तिम व्यक्ति थिए ।

अमेरिकी स्पेस एजेन्सी नासाले पूर्व अन्तरिक्षयात्रीको निधन दुखद भएको बताएको छ ।

क्याप्टेन सर्नन ती तीन अन्तरिक्ष यात्री मध्ये एक हुन्, जो चन्द्रमामा दुई पटक पुगेका थिए । र, १९७२ को यात्रामा चन्द्रमाको धरातल छाड्ने अन्तिम व्यक्ति थिए ।

सर्नन अपोलो १७ मिसनका कमाण्डर थिए । अहिलेसम्म १२ जना चन्द्रमामा पुगेका छन्, जसमध्ये ६ जना जीवितै छन् ।

उजका परिवारले एक बयान जारी गर्दै भनेको छ, सोमबार स्वास्थ्य सम्वन्धी समस्याका कारण उनको निधन भएको छ । यो हाम्रो लागि निकै दुःखद छ कि एक प्यारा पति र पिता नरहेको खबर दिइरहेका छौं । हामी सबै शोकमा छौं ।’

८२ वर्षका उमेरमा पनि उनी आफ्नो महत्वकांक्षा सार्वजनिक गर्न र अन्तरिक्षमा मानवीय सम्भावनाको खोजीका लागि निकै उत्साहित रहन्थे ।

अपोलो १७ मिसन पहिले सर्नन अन्तरिक्षमा १९६६ र १९६९ मा गइसकेका थिए । उनी एक नेभी एभिएटर थिए, जसलाई १९६३ मा नासाले आफ्नो अन्तरिक्ष अभियानका लागि छानेको थियो ।

१९७६ मा अवकास लिएपछि उनले अन्तरिक्षसँग जोडिएको मुद्दामा टीभी च्यानलमा विशेषज्ञका रुपमा काम पनि गरे । उनले आफ्नो जीवनमाथि एक डकुमेन्ट्री पपनि बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment