Comments Add Comment

जीवा लामिछानेको ‘सरसर्ती संसार’ जर्मनीमा लोकार्पण

jiba-limachhane-german-1

बार्सिलोना । गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पुर्व अध्यक्ष जीवा लामिछानेद्वारा लिखित सरसर्ती संसार जर्मनीमा पनि लोकार्पण भएको छ । पछिल्लो समयमा लामिछानेको कर्मथलो बनेको प|mयांकर्फटमा आइतबार एक कार्यक्रम गरी लोकार्पण गरिएको हो ।

काठमाडौं, तान्जानिया, मस्को र लन्डन पछि जर्मनीमा गरिएको यो पाँचौ लोकार्पण कार्यक्रम हो ।

जर्मनीका लागी नेपाली अवैतानिक वाणिज्यदूत तथा गैरआवासीय नेपाली संघका संस्थापक अभियन्ता रामप्रताप थापाले कृतिको बिमोचन गरे । कार्यक्रममा बोल्दै थापाले जुन देशमा पुगे पनि नेपालसँग तुलना गर्दै लेखकले आˆनो देशलाई समृद्ध बनाउने चाहना पुस्तकमा भेटिएको प्रतिक्रिया दिए ।

कार्यक्रममा बोल्दै नियात्राकार लामिछानेले पुस्तकमा आफूले यात्राको क्रममा बिभिन्न देशहरूमा पुगेर सरसर्ती गरिएको टिपोट लाई लिपिबद्ध गरिएको हुँदा कृतिको नाम नै ‘सरसर्ती संसार’ राखिएको बताए ।

पारीवारिक, व्यवसायिक भ्रमण तथा गैरआवासीय नेपाली संघको अभियानको क्रममा गरिएका यात्रालाई केन्दि्रत गरेर पुस्तक तयार गरिएको पनि उनले स्पष्ट पारे ।

सर्जक लामिछाने द्वारा हस्ताक्षर गरिएको पुस्तक बिक्रीबाट प्राप्त रकम केपी किरणद्वारा संचालित चेपांग केन्द्रलाई सहयोग गरिने भएको रामजीवी पन्थले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment