Comments Add Comment

४८ करोडको यो घरमा सर्दैछन् बाराक ओबामा

obama-house

अमेरिकी राष्ट्रपति बाराक ओबामा २० जनवरीबाट सेवानिवृत्त हुँदैछन् । उनले त्योभन्दा अगाडि नै ह्वाइट हाउस छाड्ने प्रक्रिया सुरु गरिसकेका छन् ।

वासिङ्टन डिसीको कालोरामामा रहेको नयाँ घरमा सोमबार सामान लोड गरिएको ‘मुभिङ भ्यान’ देखिएको थियो । कान्छी छोरी साशाको हाइस्कुल सकिने बेलासम्म ओबामा परिवार यस घरमा बस्ने अमेरिकी सञ्चारमाध्यले जनाएका छन् । यो घर आठ हजार दुई सय स्क्वायर फिटमा बनेको छ ।

ओबामाले यो घर भुतपूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनका प्रेस सेक्रेटरी रहिसकेका जोइ लोकहार्टसँग लिजमा लिन लागेका हुन् । सन् १९२८ मा बनेको ४८ करोड रुपैयाँको यो घरमा ९ बेडरुम, ८ बाथरुम, इन्टरटेनिङ स्पेस र बगैंचा लगायत धेरै कुरा छन् । यसमा मार्वल फ्लोरिङ, पेन्ट्री, उड फ्लोरिङ, डाइनिङ रुम, वाइन बार र ओबामाको लागि कार्यालय पनि रहेको छ । भवनमा एउटा सानो एक्सरसाइज रुमका साथै दुईवटा पार्किङ रहेका छन् ।

यो भवनको सबैभन्दा ठूलो विशेषता यसको स्थान हो । यो डिसीबाट केही मिनेटको मात्र दुरीमा छ । ओबामाले छोरी सासाको कारणले नै राजधानीको यस क्षेत्रलाई रोजेको बताइएको छ । सासा यतिबेला सिड्वेल फ्रेन्ड्स हाइस्कुलमा अध्ययनरत छिन् । ओबामा उनको पढाईमा डिस्टर्व नहोस भन्ने चाहन्छन् । सासाको दुई वर्षको पढाई सकिएपछि ओबामा नयाँ ठाउँमा सर्न सक्छन् ।

ट्रम्पले सपथ लिनासाथ ओबामा तुरुन्त नयाँ घरमा सर्नेछन् । ह्वाइट हाउस छोडेपछि ओबामा आफ्नो परिवारसँग छुट्ट िमनाउन क्यालिफोर्नियाको पाम स्पि्रङ्स जाने चर्चा पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment