Comments Add Comment

कमलीसँग अष्ट्रेलियामा सौगात, ६ शो देखाइयो ‘शब्द’

saugat-and-kamali-in-austrelia
नेपालमा सामान्य व्यापार गरेको चलचित्र ‘शब्द’लाई अष्ट्रेलियाका दर्शकले रुचाएको निर्देशक सन्तोष सिवाकोटीले बताएका छन् । चलचित्रको अष्ट्रेलियामा ६ शो सम्पन्न भैसकेको छ । थप शोका लागि पनि माग भएको सिवाकोटीले जानकारी दिए ।

उनका अनुसार, सिड्नी र व्रीसवेनमा थप शोका लागि माग भएको छ । उनले नेपालमा पनि सोमबारदेखि चलचित्रको व्यापार बढेको दाबी गरे । पूर्वका हलहरुमा भने आउँदो सातादेखि चलचित्र प्रदर्शन हुनेछ ।

चलचित्रमा सौगात मल्ल, कमली वाइवाको साथमा अनुभव रेग्मी, रोयदिप श्रेष्ठ, ए गुरुङ मुख्य भूमिकामा छन् । सौगात र कमली चलचित्र लिएर अष्ट्रेलिया पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment