Comments Add Comment

सलमानको ‘ट्यूबलाइट’मा साहरुख बने जादुगर

srk-and-salman
बलिउडका २ चर्चित नायक सलमान खान र साहरुख खानको मित्रता अहिले निकै घनिष्ठ छ । साहरुख र सलमान अहिले एक अर्कालाई साथ दिन, एक अर्काको चलचित्रको प्रचार गर्न चुक्दैनन् ।

उनै साहरुखले नायक सलमान खानसँग फेरि अर्को मित्रता निर्वाहा गरेका छन् । साहरुख, सलमान खान अभिनित चलचित्र ‘ट्यूबलाइट’मा केमियो भूमिकामा देखिदैछन् । यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ ।

भारतीय मिडियाको दाबीलाई मान्ने हो भने, साहरुख यो चलचित्रमा जादुगरको भूमिकामा देखिदै न् । साहरुखले सोमबार मात्र अनुहारमा ट्याटु बनाएका थिए । उनले चलचित्रकै लागि अनुहारमा ट्याटु बनाएका हुन् ।

साहरुखले केहि दिनमै ‘ट्यूबलाइट’को छायांकन गर्नेछन् । कविर खानले निर्देशन गरिरहेको यो चलचित्र हलिउड चलचित्र ‘लिटिल ब्वाई’को कपि भएको केहि भारतीय मिडियाको दाबी छ । चलचित्र यो बर्षको इदमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment