Comments Add Comment

कुकुरले टोकेर राष्ट्रपतिका छोराको मृत्यु

adain-bairo

  • गाम्बियाका नवनिर्वाचित राष्ट्रपति आडमा बैरो

गाम्बियाका नवनिर्वाचित राष्ट्रपति आडमा बैरोका छोराको कुकुरले टोकेर मृत्यु भएको छ ।

आठ बर्षका हविवु बैरोको कुकुरले टोकेर अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

आफ्ना छोराको अन्तिम संस्कारमा राष्ट्रपति बैरो सामेल हुन पाएनन् । उनी सुरक्षाका कारण सेनेगलमा रहँदै आएका छन् ।

आडमा गतबर्ष राष्ट्रपतिको निर्वाचन जितेका थिए । तर राष्ट्रपति याहया जामेहले पद छाड्न इन्कार गरेका थिए ।

गाम्बियाको क्षेत्रीय संस्था बाँडी इकोबासले उनलाई बिहीबारसम्म सेनेगलमै रहन भनेको छ । याहयालाई पदबाट हटाउनको लागि सैन्य हस्तक्षेपको तयारी भइरहेको बताइएको छ । अर्कोतर्फ याहयाले बैरोको नियुक्ति रोक्न सर्बोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

तर गाम्बियाका प्रधानन्यायाधीसले मुद्दाबारे कुनैपनि आदेश दिन अस्वीकार गरेका छन् । यस्तोमा बैरोका लागि सपथग्रहण गर्ने बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment