Comments Add Comment

हिमालय एअरलाइन्सको नयाँ गन्तब्यः क्वालालम्पुर र याङ्गोन, भाडादर कति ?

सन् २०१७ भित्र दुई विमान थप्ने

himalayan-airlines-2
४ माघ, काठमाडौं । हिमालय एअरलाइन्सले जनवरी महिनाभित्र आफ्नो दोश्रो नयाँ एअरबस ३२०-२१४ को ल्याएर नयाँ गन्तब्यहरुमा सेवा थाल्ने भएको छ ।

एअरबससँग लामो समयसम्मको लागि ड्राइलीजमा लिन लागेको थप नयाँ विमानको आगमन सँगै एअरलाइन्सले मलेसियाको क्वालालम्पुर र म्यान्मारको याङ्गोनमा सेवा सुरु गर्ने भएको हो ।

कहिलेबाट ? 

मलसियामा अगामी माघ २८ गते र याङ्गोनमा फागुन १३ गतेदेखि सेवा सुरु हुने भएको हो । नाइनएन-एलएभी कल साइन भएको नयाँ एअरबस ३२०-२१४ विमानमा १५८ इकोनोमी क्लास सिट क्षमताको रहेको छ । एअरलाइन्सले आफ्नो सेवा थालनीको दोश्रो वर्षमा नै दोश्रो विमान थप्न लागेको हो ।

सन् २०१७ भित्र थप दुई विमान थप्ने योजना बनाएको छ । आफ्ना यात्रुहरुलाई आन्नददायी यात्राको अनुभव दिलाउनको लागि एअरलाइन्सले नयाँ विमानमा आरामदायी सीटहरु, नविनतम भिडियोका साथै सँगीतद्वारा इन फ्लाइट इन्टरटेनमेन्ट दिने छ ।

himalayan-airlines
योजनाअनुसार एअरलाइन्सले हप्ताको पाँच दिन क्वालालम्पुर, मलेसिया र हप्ताको दुई दिनयाङगुन, म्यानमार उडान सञ्चालन गर्ने छ ।

एअरलाइन्ले  क्यार्निभल ट्राभल र माइ गोल्डेन लायन एभियशनलाई क्रमशः मलेशिया र म्यानमारको लागि जेनरल सेल्स एजेन्ट छनौट गरेको छ । जेनरल सेल्स एजेन्टकोरुपमा यीनीहरूले एअरलाइन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछन् ।

भाडा दर 

एअरलाइन्सले काठमाडौं-क्वालालम्पूर-काठमाडौंको लागि सुरुवाती टिकट २५ हजार ३७५ (राउण्ड ट्रिप) र क्वालालम्पूर-काठमाडौ-क्वालालम्पूरको लागि ९ सय ८ मलेसियन रिंगेट तोकिएको छ ।

त्यसैगरी काठमाडौं-याङगोन-काठमाडाैंको लागि २९ हजार ६ सय (राउण्ड ट्रिप) र याङगुन-काठमाडौं-याङगुनको लागि ३ सय २० अमेरिकी डलर (राउण्ड ट्रिप) कायम गरिएको छ ।

यो टिकट दरमा सरकारी कर लागु हुने जानकारी कम्पनीले गराएको छ । दोहा र कोलोम्बोसँगै क्वालालम्पुर र याङगोन जोडिए पछि एअरलाइन्सले एसीयाली क्षेत्रहरुमा आफ्नो सञ्जाललाई विस्तार गर्नेछ ।

उडानबारे टिप्पणी गर्दै भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने, ‘हामीे एयरलाइन्सको दोश्रो नयाँ एअरबसलाई भित्र्याउन एकदमै उत्साहित छौँ । यसले नेपालको हवाई क्षेत्रको अन्तर्राष्ट्रिय सञ्जाललाई अझ सुदृढ बनाउने छ ।’

उनले थप भने,’दुई नयाँ गन्तब्य जसलाई हामी सुरु गर्दैछौँ, यसले हाम्रा यात्रुहरुको बढ्दो धार्मिक र मनोरञ्नात्मक यात्राको मागलाई सम्बोधन गर्नमात्र नभई नेपाल, क्वालालम्पुर र याङगोनबीच भीएफआर कायम गर्न पनि मद्धत गर्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment