Comments Add Comment

रमेश सायनको कविता: परिचय

ramesh-sayanमलाई वर्षौदेखि राम्ररी चिन्ने मित्रहरूमध्ये एकले भन्यो
– तँ मूर्ख छस्
– घमण्डी छस्

मलाई हो जस्तो लाग्यो

अर्कोले भन्यो
– तँ विद्वान् छस्
– असल छस्

मलाई यो पनि हो जस्तो लाग्यो

फेरि अर्कोले भन्यो
– तँ निष्ठूर छस्
– असामाजिक छस्

मलाई सोह्रै आना ठीक लाग्यो

 

फेरि अर्कोले आएर भन्यो
– तँ पागल होस्
– अराजक छस्
– तँलाई जिन्दगी पटक्कै सुहाउँदैन ।

यो पनि मलाई केही हदसम्म ठीक लाग्यो

अन्त्यमा मेरी प्रेमिका आइन् र भनिन्
– तिमी साँच्चै मूर्ख हौ
– घमण्डी छौ
– विद्वान् छौ
– निष्ठूर छौ
– असामाजिक छौ
– र पागल पनि हौ
त्यसकारण तिमी सिङ्गो मान्छे हौ
म एक सिङ्गो मान्छेलाई औधी प्रेम गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment