Comments Add Comment

आहा ! रारा गोल्ड कपमा सहाराको विजयी शुरुवात

sahara-fc

४ माघ, पोखरा । आयोजक सहारा क्लबले१५ औं आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

मंगलबार पोखरामा भएको उद्घाटन खेलमा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लबलाई ४-० ले पन्छाउँदै सहारा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा साहाराले छैटौं मिनेटमा नै मार्टिनको गोलबाट अग्रता लिएको थियो । उनले झण्डै मध्य क्षेत्रबाट एक्लै बल अगाडि बढाउँदै खाता खोलेका हुन् ।

२७ मिनेटमा रिचार्ड पुनले पेनाल्टी एरियाबाट पहिलो बार च्याप्दै जाली चुमाए । त्यसको ११ मिनेट पछि नै सेगुनले खेलको गोल गरे । बिपक्षी किपरले प्रहार गरेको बल नियन्त्रणमा लिएर अगाडि बढाएका उनले एक्लै लगेर गोल गरे ।

पहिलो हाफमा ३-० को अग्रता लिएको सहाराले दोश्रो हाफमा एक गोल थप्यो । ८२ औं मिनेटमा मार्टिनले गोल गर्दै जित अन्तर फराकिलो बनाए ।

युवा खेलाडीहरु मैदानमा उतारेको सुदूरपश्चिमले पाएका केही अवसर खेर फाले । खेलमा सहाराका लागि दुई गोल गर्ने मार्टिन म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ३ हजार हात पारे ।

यसैबीच, सहारा क्लवका एक खेलाडी फरक जर्सीमा मैदानमा उत्रिएका छन् । अरु सदस्य पूरै हरियो रंगको जर्सीमा उत्रिए पनि सुसन गुरुङ हरियो जर्सीको कुममा सेतो रंगको दोहोरो लाइनको जर्सी लगाएर मैदान प्रवेश गरे ।

उनी उत्तम गुरुङको सट्टामा दोश्रो हाफपछि प्रवेश गरेका थिए । उनलाई अफिसियल र म्याच कमिश्नरले पनि नरोक्दा मैदानमा प्रवेश गर्न सफल भए ।

सहारा क्लवका प्रशिक्षक किरण श्रेष्ठले जर्सी मिसप्लेस भएकाले त्यस्तो जर्सी लगाएको बताए । क्लवका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक केशबबहादुर थापाले आफूले दुई सेट जर्सी बुझाएपनि फरक जर्सीमा खेलाडी मैदानमा उतारेको भन्दै असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment