Comments Add Comment

केन्यासँगको खेलका लागि नेपालले थाल्यो तयारी, ५२ क्रिकेटर छनोट

Nepali Cricket (1)
४ माघ, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्यासँगको खेलका लागि नेपालले तयारी थालेको छ ।

यसका लागि बिहीबारदेखि सुपर लिग खेलाइने भएको छ । ११ गतेसम्म खेलाइने सुपर लिगका लागि ५२ खेलाडी छनोट गरिएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगितासहित पछिल्लो एक वर्षमा गरेको प्रदर्शनका आधारमा ५२ खेलाडी छनोट गरिएको हो । उनीहरुलाई चार समूहमा विभाजन गरिनेछ र प्रत्येक टीमले ३-३ खेल खेल्नेछन् ।

केन्याले भने केही साता अघि नै तयारी थालिसकेको छ ।

नेपाल र केन्याबीच आगामी जुनभित्र खेल हुनेछ । र, सम्भवत यो दुई खेल नेपालले आफ्नो घरेलु मैदानमा नै खेल्नेछ ।

लिगमा ८ खेल सकिँदासम्म नेपाल ६ अंकसहित छैटौं स्थानमा छ भने ८ अंक जोडेको केन्या पाँचौं स्थानमा छ । शीर्ष स्थानमा रहेको पपुवा न्यूगिनीको १२ अंक छ । शीर्ष चारमा परेर २०१८ मा हुने विश्वकप छनोट खेल्ने हो भने नेपालका लागि बाँकी खेल जित्नै पर्ने दबाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment