Comments Add Comment

लेकाली जीवनबारे ‘हिमालको गोठालो’

४ माघ, गोरखा । गोरखा लाप्राकका पर्यटन व्यवसायी सुनारबहादुर गुरुङको चिनारी अब लेखकको रुपमा पनि जोडिएको छ । गुरुङले लेखेको ‘हिमालको गोठालो’ पुस्तक मंगलबार गोरखा सदरमुकाममा सार्वजनिक भयो ।

himalko-gothalo-book-launchपुस्तकमा उनले बाल्यकालको गोठाले जीवनदेखि पर्यटन व्यवसायी हुँदासम्मको अनुभव र भोगाइ समेटेका छन् । गुरुङले आफ्नो पुस्तकबाट नयाँ पुस्तालाई हिमाली क्षेत्रको जनजीवन बुझ्न सघाउने आशा व्यक्त गरे ।

‘पछिल्लो समय हिमाली क्षेत्रका बासिन्दाको जीवनयापनमा परिवर्तन आएको छ’, लेखक गुरुङले भने, ‘त्यो परिवर्तित जीवन र गाउँको वस्तुस्थिति बुझ्न पुस्तक सहयोग हुन सक्छ ।’

सुरुमा भरिया बनेर पर्यटन पेशामा लागेका गुरुङले प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक हुँदासम्मका जीवनका झल्काहरु पुस्तकमा समेटेका छन् । पुस्तक बिक्रीबाट हुने आम्दानी सामाजिक कार्यमा खर्चने गुरुङले बताए । पुस्तक सुनार ट्रष्टले प्रकाशन गरेको हो ।

विकास मरहट्टाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment