Comments Add Comment

करणको पुस्तक सार्वजनिक, भने-‘मसँग एउटी आमामा हुनुपर्ने सबै गुण छ’

karan-and-srkनिर्माता तथा निर्देशक करण जोहरको बायोपिक पुस्तक ‘अ अनस्विटेबल ब्वाई’को सोमबार सार्वजनिक गरिएको छ । सोमबार बेलुकी नायक साहरुख खान, निर्मात्री गौरी खान, लेखिका स्वेता बच्चनले पुस्तक सार्वजनिक गरे ।

पुस्तक सार्वजनिक कार्यक्रममा नायक सिद्धार्थ मल्होत्रा र नायिका आलिया भट्ट पनि पुगेका थिए । यो पुस्तकमा करणको जीवनसँग जोडिएका धेरै कुराहरुको राज खोलिएको छ । ४४ बर्षका करणले कार्यक्रममा भने-‘मलाई थाहा छैन, म बिहे गर्छु या गर्दिनँ । तर, म सधै नै एक बच्चा चाहन्छु । ममा एउटी आमामा हुनुपर्ने सबै गुण छ । म मानिसहरुलाई केयर गर्छु र सबैजना मलाई एउटी आमाको भूमिका राम्रोसँग निर्वाहा गर्न सक्छौ भन्छन् ।’

आफूले अहिलेसम्म बच्चा एडप्ट गर्ने वा सेरोगेसीको साहारा लिने भन्ने बिषयमा केहि पनि नसोचेको उनले बताएका छन् । आफूलाई मानिसहरुले भिन्न नजरबाट हेर्ने भन्दै उनले धेरै पटक यहि कारणले नराम्रो व्यवहार पनि भोगेको बताएका छन् ।

करणले कार्यक्रममा भने-‘मानिसहरु सेलिब्रेटीको बारेमा घटिया कुरा गर्छन् । मलाई लैङकिताको आधारमा मानिसहरु मुल्यांकन गर्छन् । किनकी, म उनीहरुको लिविङ्ग रुमको टीभीमा देखिन्छु । तब, उनीहरुलाई लाग्छ कि उनीहरुले मलाई किनेका हुन् ।’

कार्यक्रममा बोल्दै नायक साहरुख खानले यो पुस्तकको नाम सहि नभएको बताए । उनले करणले मानिसहरुलाई निकै राम्रोसँग वुझ्ने बताए । यसैले यो पुस्तकको नाम ‘दि व्रेभ व्वाई’ राख्नुपर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment