Comments Add Comment

हेटौंडाका निजी घरमा पनि चल्यो डोजर, सडक विस्तार नरोकिने

sadak-bistar
४ माघ, हेटौंडा । लामो रस्साकस्सीपछि अन्ततः सडकक्षेत्र मिचेर बनाइएका हेटौंडाका घर निजी घर, टहरा तथा ब्यवसायिक भवन पनि भत्काउन सुरु गरिएको छ ।

डिभिजन सडक कार्यालय हेटौँडाले सडक सीमा अतिक्रमण गरी राजमार्गमा पर्ने सडकको दायाँवायाँ २५/२५ मिटर भित्र बनाइएका भौतिक संरचना हटाउन दिएको समयसीमा सकिएसँगै हेटौंडामा घर भत्काउन सुरु गरेको हो ।

 

यसअघि सडक डिभिजनले सडक क्षेत्रका सरकारी संरचना भत्काइसकेको छ । सडक अतिक्रमण गरी घर, टहारा निर्माण गरेको भन्दै सडक कार्यालयले राप्तीरोडबाट भत्काउन थालेको हो ।

अब हेटौंडाको सडक विस्तार अभियान नरोकिने सडक विभागले जनाएको छ । अब हेटौंडाको मुख्य बजार क्षेत्रका अधिकांश घर भत्किने छन् ।

स्थानीयले मुआब्जा नदिई सडक विस्तार गर्न नदिने बताएपनि सरकारले भने त्यसलाई नकारेको छ । मकवानपुर उद्योग वाणिज्य संघ, बसोबास संरक्षण समिति, उद्योगी ब्यवसायी तथा राजनीतिक दहलरुले घर भत्काउन नहुने माग गर्दै आन्दोलनमा छन् ।

sadak-bistar-2
सडक फराकिलो पार्ने काम सुरु भएपछि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा प्रर्दशन समेत भएको छ । स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

हिजोदेखि नै ब्यवसायीले सडक विस्तारको बिरोधमा बजार बन्द गरेका थिए । हेटौंडाका हजारभन्दा बढी निजी घर तथा संरचना अब भत्कनेछन् । यसले केही समय हेटाैंडामा ब्यापार  ब्यवसायमा असर पर्नेछ ।

sadak-bistar-3
sadak-bistar-5

फोटोः कृष्ण अर्याल/राममणी दाहाल/फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment