Comments Add Comment

रक्सी पिएको निहुँमा चक्कु प्रहार गरी श्रीमानको हत्या

hatya५ माघ, काठमाडौं । रक्सी खाएको निहुँमा विवाद हुँदा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।

चक्कुले घाँटीमा प्रहार गरी काठमाडौं गौरीघाट बस्ने सरस्वती तामाङले श्रीमान सुमन तामाङको हत्या गरेकी हुन् ।

सुमनले अत्यधिक मदिरा पिउँदा श्रीमान-श्रीमतीबीच बेलाबेलामा झगडा परिरहन्थ्यो । सुमनलाई केही समयअघि पुनस्र्थापना केन्द्रमा पनि राखिएको थियो ।

महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी नबराज कार्कीका अनुसार सोमबार साँझ रक्सीले मातिएर पुगेका सुमन र सरस्वतीबीच झगडा भएको थियो । सुमनले सरस्वतीलाई गाली गर्न थालेपछि तरकारी काट्दै गरेको चक्कु प्रहार गरेकी थिइन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

चक्कु प्रहारपछि उनीले छिमेकीको सहारामा अस्पताल लैजान खोजिन् । तर त्यतिबेलासम्म सुमनको मृत्यु भइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment