Comments Add Comment

राप्रपामा नेतृत्वको रस्साकस्सीः अध्यक्षमा थापा, राणा र लोहनीको तयारी

leaders-of-rpp

५ माघ, काठमाडौं । संसद्‍मा चौथो शक्तिका रूपमा रहेको राष्ट्रिय प्रजतन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्षका लागि तीन नेताले आन्तरिक तयारी तीव्र बनाएका छन् । औपचारिक घोषणा नगरे पनि उनीहरूले आआफ्ना पक्षमा नेता तथा कार्यकर्ताको समर्थन जुटाउन थालेका छन् ।

यसरी आगामी महाधिवेशनका लागि अध्यक्षको आन्तरिक तयारी गर्नेमा वर्तमान अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा र नेता डा. प्रकाशचन्द्र लोहनी छन् । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

उक्त पार्टीका एक नेताका अनुसार यी तीनजना नेता अध्यक्षको उम्मेदवार बने थापा र राणाबीच कडा प्रतिस्पर्धा हुनेछ । तर लोहनीले निर्वाचन नलडेको खण्डमा उनले जसलाई समर्थन गर्यो त्यसको पल्ला भारी हुने स्रोतले बतायो। पार्टीका अर्का नेता लोकेन्द्रबहादुर चन्दको समर्थनले पनि महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुनेलाई ठूलै भर गर्ने सम्भावना छ । तर उनले अहिलेसम्म कसैलाई पनि हरियो बत्ती देखाएका छैनन् । उक्त पार्टीको एकता महाधिवेशन आगामी फागुन ६ देखि ९ सम्म हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment