Comments Add Comment

तान्जानियाबाट पाँच नेपाली कामदारको उद्दार

nrnaदार ए सलाम, तान्जानिया । एक बर्षदेखि तलब रोकेर टिकट र पासपोर्ट समेत फिर्ता नदिई राखिएका पाँच जना नेपाली कामदारको गैरआबासीय नेपाली संघ तान्जानियाले उद्दार गरेको छ ।

तान्जानियाको दार ए सलामदेखि पाँच सय किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिजसम्बन्धी उद्योग- कंगारु मिनरल्समा अलपत्र परेका नृप बहादुर टमट्टा, जगत बहादुर कँवर, अमराज सार्की, लोगे टमट्टा र भुवन कुँवरको उद्दार भएको हो ।

उनीहरु भारतको मुम्बईहुँदै दुई बर्षअघि रोजगारी त्यहाँ पुगेका थिए ।

एक महिनाअघि एनआरएनएको जानकारिमा आएपछि हामीले उनीहरुको तलब, टिकट र पासपोर्टका लागि रोजगारदाता कम्पनीसँग आवश्यक पहल थालेका थियौं’ संघका तान्जानिया अध्यक्ष रोशन थापाले भने, ‘कम्पनीले टिकट र कम्पनी चलेको बखतको तलब सुबिधा र पासपोर्ट तत्काल फिर्ता दिने भएपछि र बाँकी रकम बारे कम्पनीको मुम्बईस्थित कार्यालयमा कुरा गर्ने पीडित साथिहरुको सहमतिपछि उनिहरुलाई दार ए सलाम ल्याएर मुम्बई फिर्ता पठाएका छौं ।’

संघका अफि्रका क्षेत्रीय संयोजक सुनिल कार्कीले संघको तान्जानिया समितिले कुशलतापूर्वक उद्दारको संयोजन गरेकोमा खुसी व्यक्त गरे । त्यस्तै, सल्लाह दिने प्रीटोरियास्थित नेपाली दुतावास, राजदूत अमृतबहादुर राई र संघका अन्तर्रास्टि्रय समितिका केाषाध्यक्ष हिक्मत थापाप्रति आभार प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment