Comments Add Comment

भूकम्प पीडितलाई आजबाट दोस्रो किस्ताको डेढ लाख दिइने

Punarnirman-Pradhikaran५ माघ, काठमाडौं । सरकारले आजबाट भूकम्प पीडितलाई घर निर्माणका लागि दोस्रो किस्ताबापत डेढ लाख रुपैयाँ वितरण सुरु गर्दैछ । पहिलो किस्तामा ५० हजार अनुदान लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएकाहरुले दोस्रो किस्ताको रकम पाउनेछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो चरणमा मकवानपुर र सिन्धुलीका भूकम्प पीडितलाई दोस्रो किस्ताको डेढ लाख वितरण गर्दैछ । दुई जिल्लाबाट दोस्रो किस्ताका लागि करिव ३०० पीडितको नाम सिफारिस भएको छ ।

घर निर्माण अघि बढाएका अन्य पीडितलाई समयमै दोस्रो किस्ताको रकम वितरण गर्न आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयलाई भनिएको छ ।

सोमबारसम्मको तथ्यांक अनुसार भूकम्प अति प्रभावित १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरी पुनर्निर्माणका लागि अनुदान पाउने सूचीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment