Comments Add Comment

‘दंगल’कि वसिमको पक्षमा उभिए आमिर

jarim-wasma
बलिउडका सफल नायक आमिर खान जायरा वसीमको पक्षमा उभिएका छन् । सामाजिक सञ्जालमा जायरा बिरुद्ध केहि मान्छे उत्रिएपछि आमिर जायराको पक्षमा उभिएका हुन् ।

आमिरले एक स्टेटमेन्ट जारी गर्दै भनेका छन्-‘तिम्रो सुन्दरता, क्षमता र कठिन परिश्रमले तिमी विश्वमै रोल मोडलको रुपमा प्रस्तुत भएकी छ्यौ । तिमी मेरो पनि रोल मोडल हौ ।’

जायराले शनिवार जम्मु कश्मिरका सीएम महुबबा मुफ्तीसँग भेटेपछि उनी बिरुद्ध केहि ब्यक्तिले प्रहार गरेका थिए ।हालै रिलिज भएको फिल्म ‘दंगल’ मा गीता फोगाटको बाल्यकालको चरित्र निर्वाह गरेकि कश्मिरि कलाकार जायराले फेसबुक पेजवाट माफी मागेकि थिइन् ।

आमिरले मंगलवार स्टेटमेन्ट जारी गर्दै लेखेका छन्-‘जायरा म तिमीलाई भन्न चाहन्छु । हामी सब तिम्रो साथमा छौं ।’ आमिरले आम दर्शकलाई अपिल गर्दै भनेका छन्-‘जायरा १६ वर्षकी बच्ची हुन्, जो आफ्नो जीवन जिउने कोशिश गर्दैछिन् ।

त्यसो त गौतम गम्भिरले पनि जायराको सपोर्टमा ट्विट गरेका छन् । ‘जायरा अघि बढेको देखेपछि केहि ब्यक्तिले आफूलाई असुरक्षित महसुस् गरेका छन् ।’ सन् २००० मा जन्मिएकी जायरा कश्मिरकी हुन् । उनले जम्मु-कश्मिरको मुख्यमन्त्री महबुबा मुफ्तीलाई भेटेपछि केहि पृथकतावादीहरुले जायरालाई नर्कमा तिम्रो ठाउँ सुरक्षित छ भनेर टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment