Comments Add Comment

अब प्रधानमन्त्री प्रचण्ड आफैं झाडू बोकेर सडकमा निस्कने

नागरिकले पनि हरेक दिन १५ मिनेट धुलो सफा गर्नुपर्ने

prachanda-symbolic-image
सांकेतिक तस्वीर

५ माघ, काठमाडौं । राजधानीका सडकमा धुलो अत्यधिक बढेको र नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेकोे जनगुनासो बढ्न थालेपछि प्रधानमन्त्री प्रचण्ड आफैं कुचो लिएर सडक बढार्न निस्कने तयारीमा जुटेका छन् ।

राजधानीमा धुलो र धुँवा मास्कले छेक्न नसक्ने अवस्थामा पुगिसक्यो । पछिल्लो समय मेलम्चीको पाइप बिछ्याउने काम भइरहेको र रिङरोड विस्तारका कारणले गर्दा उडेको धुलोले वायु प्रदुषण उच्च स्तरमा पुगेको छ ।

सरकारले भने आफ्नो एक्लो प्रयासले वायु प्रदुषण नियन्त्रण गर्न नसक्ने निष्कर्ष निकालेको छ । र, भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीकै शैलीमा प्रधानमन्त्री प्रचण्ड आफैं झाडु बोरेर सडकमा निस्कनेछन् र जनतालाई पनि आउन अपील गर्नेछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले अबको केही दिनमा नै ‘१५ मिनेट घर बाहिर निस्क्यौं’ अभियान थाल्दैछ । यसको तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले अनलाइनखबरलाई जानकारी दिए ।

नागरिकले माक्स लगाएर कुचो बोकेर धुलो सफा गर्नुपर्नेछ । त्यसरी जम्मा भएको धुलो तोकिएको ठाउँमा राख्नु पर्नेछ र नगरपालिकाले व्यवस्थापन गर्नेछ

रेग्मीका अनुसार धुँवाधुलोका कारण श्वास प्रश्वासमा समस्या बढेको भन्दै प्रधानमन्त्री कार्यालयमा दिनहुँ गुनासो बढिरहेको छ । हेलो सरकारमार्फत राजधानीको धुलो नियन्त्रण नगर्दा श्वास प्रश्वासमा गम्भीर समस्या देखिएको भन्दै उजुुरी आएको छ ।

हेलो सरकारले फेसबुक र ट्वीटरबाट नागरिकसँग धुलो नियन्त्रणका लागि सुझाव पनि मागेको थियो । नागरिकले दिएको सुझावकै आधारमा धुँवाधुलो नियन्त्रण गर्नेबारे छलफल थालेको हेलो सरकारका उपसचिव प्रद्युम्न उपाध्यायले जानकारी दिए ।

के हो धुलो बढार्ने अभियान ?

प्रधानमन्त्री कार्यालय प्रवक्ता दामोदर रेग्मीका अनुसार धुलो बढार्ने अभियानको सुरुवात प्रधानमन्त्री प्रचण्ड स्वयंमले गर्नेछन् । र, उनले झाडु लिएर धुलो बढार्नेछन् ।

आम नागरिकलाई पनि हरेक दिन १५ मिनेट आफ्नो वरपरको धुलो सफा गर्न अपिल गर्नेछ ।

नागरिकले माक्स लगाएर कुचो बोकेर धुलो सफा गर्नुपर्नेछ । त्यसरी जम्मा भएको धुलो तोकिएको ठाउँमा राख्नु पर्नेछ र नगरपालिकाले व्यवस्थापन गर्नेछ ।

प्रवक्ता रेग्मीका अनुसार धुलो बढार्ने यो अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, निजामती कर्मचारीलाई अनिवार्य संलग्न गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment