Comments Add Comment

‘५ आरोप’मा पार्वती राईः ‘केटा होस् या केटी, स्वार्थीसँग संगत गर्दिनँ’

parbati-rai
कुनै समय म्युजिक भिडियोमा एकछत्र राज थियो मोडल पार्वती राईको । पछिल्लो समय छानेर मात्रै भिडियो खेल्ने गरेको धारणा राख्ने पार्वती अहिले मोफसलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा ब्यस्त छिन् । पाँचसय बढी भिडियोमा अभिनय गरेकि पार्वतीलाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. अझै भिडियो छान्न सक्नु भएन, जस्तो पनि खेल्नु हुन्छ भन्छन् ?
म केही महंगो पारिश्रमिक लिन्छु । त्यसकारण पनि मलाई सेलेक्टिभ भिडियोवाट मात्रै प्रस्ताब आउँछ । छान्न नसकेको भन्ने कुरा होइन । मैले तुलानात्मक रुपमा राम्रो भिडियोमा काम गरेकी छु ।

२. नृत्यको स्टाईल एउटै भयो भन्छन् ?
कुन गीतमा कस्तो नृत्य गर्ने भन्नेमा मेरो भन्दा पनि निर्देशकको हात बढी हुन्छ । कुनै पनि भिडियोमा मेरो इच्छा अनुसार मैले नृत्य गर्ने होइन । निर्देशकले जस्तो भन्छन् त्यस्तै गर्नुपर्छ । लोकगीतमा खासै भेराइटी दिन पाईदैन । दोहोरीमा अलि भेराइटी दिन पाईन्छ ।

३. चलचित्र पनि खेल्नु भयो तर, सफल भएन ?
केहि चलचित्रमा काम गरेकी छु । तर, म सफल भएँ कि असफल भनेर मुल्याङ्कन गर्ने बेला भए जस्तो लाग्दैन । किनकी अहिलेसम्म म ठूलो पर्दामा सहायकको भुमिकामा छु । मुख्य भुमिका निर्वाह गरेपछि मात्रै मुल्याङ्कन गर्नु उपयुक्त होला ।

४. तपाई साह्रै घमण्डी हुनुहुन्छ भन्ने आरोप लगाउँछन् नि ?
त्यो त मलाई नबुझ्नेहरुले भनेका हुन् । ममा त्यस्तो कुनै घमण्ड छैन । एउटा कुरो स्पष्ट के हो भने, स्वाभिमानी छु ।

५. तपाई मन पराउने केटालाई पनि मत्तलव गर्नुहुन्न भन्छन्, के आफ्नो रुपको घमण्ड हो ?
केटा होस् या केटि । कोही विना स्वार्थ मेरो साथी बन्न चाहन्छ भने सधै स्वागत गर्छु । तर, स्वार्थीहरुसँग म संगत नै गर्न चाहन्नँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment