Comments Add Comment

ऋषि कपुरको खुलासा : ‘३० हजारमा फिल्मफेयर अवार्ड किनेको थिएँ’

rishi-kapoor
बलिउडका पुराना अभिनेता ऋषि कपुरले पैसा दिएर अवार्ड लिएको स्विकारेका छन् । हिन्दुस्तान टाईम्ससँग कुरा गर्दै कपुरले भनेका छन्-‘सन् १९७३ मा मैले ३० हजार तिरेर फिल्म फेयर अवार्ड लिएको थिएँ ।’

जतिवेला ऋषि कपुर ‘बेबी’ वाट मनोनयनमा परेका थिए भने अर्का नायक अमिताभ बच्चन ‘जन्जीर’बाट मनोनयनमा परेका थिए । सोहि समयपछि अमिताभसँग आफ्नो सम्बन्ध चिसिएको पनि उनले उल्लेख गरेका छन् ।

आफ्नो बायोग्राफी ‘खुल्लम खुल्ला’ मा उनले सो खुलासा गरेका हुन् । उनले भनेका छन्-‘एकजना मान्छे मेरो अफिसमा आयो र भन्यो, यदि ३० हजार दिनुहुन्छ भने तपाईले अवार्ड पाउनुहुन्छ । मैले ३० हजार दिएँ ।’ उक्त निर्णयले आफूलाई पछुतो भएको पनि उनले उल्लेख गरेका छन् ।

सन् १९८८ मा आफ्ना साथी ‘बिट्टु आनन्द’, आशा भोसले र आरडी बरमनको कार्यक्रममा सहभागी हुन दुबई गएको बेला दाउद इब्राहिमसँग भेट भएको पनि उनले उल्लेख गरेका छन् । ‘मलाई उनले फोनमा स्वागत गर्दै घरमा आउने निम्ता दिए, म गएँ ।’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment