Comments Add Comment

महोत्सवमा ‘प्रेमगीत’ नायिकालाई दर्शकको यस्तो प्रेम

pooja-and-fan
सफल चलचित्रमा काम गरेर दर्शकमाझ परिचित बन्न सकेको खण्डमा कलाकारले राम्रै माया पाउँछन् । चलचित्र ‘प्रेमगीत’मा काम नगर्दा सम्म दर्शकमा खासै परिचित थिइनन्, नायिका पूजा शर्मा ।

तर, यो चलचित्रले उनलाई दर्शकमाझ राम्रै चिनारी बनाइदिएको छ । उनै, पूजा गुल्मीको रीडीमा चलिरहेको ‘रीडी माघे संक्रान्ती मेला’मा सहभागी हुन पुगिन् । उनी, पहिलो पटक मोफसलमा आयोजना भएको कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् ।

उनले रीडीका दर्शकबाट राम्रो माया र साथ पाएको भन्दै खुशी व्यक्त गरिन् । उनीसँग सेल्फी लिनका लागि दर्शकको भीड लागेको थियो । कार्यक्रममा पूजाले ‘म यस्तो गीत गाउँछु र जब पुग्छु रीभर साइड’ बोलको गीतमा नृत्य गरिन् । यी दुबै गीत दर्शकमाझ चर्चित छन् ।

मोफसलका दर्शकबाट पाएको मायाले उत्साहित हुँदै पूजाले अब यस्ता कार्यक्रममा सहभागी हुने बताइन् । चलचित्र ‘म यस्तो गीत गाउँछु’को तयारीमा रहेकी पूजाले नायक पल शाहसँग रोमान्स गर्दैछिन् । अहिले, चलचित्र तथा गीतसंगीतका कलाकारको आम्दानीको मुख्य श्रोत महोत्सव बनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment