Comments Add Comment

अब वीर अस्पतालको आफ्नै फार्मेसी, बजार मूल्यभन्दा दुई गुणा सस्तोमा औषधि पाइने

bir-hospital-final५ माघ, काठमाडौं । नेपालकै पुरानोे वीर अस्पतालले आजदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य मन्त्रालयले सबै सरकारी अस्पतालहरुमा यथाशीघ्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै अस्पतालले सीमित जनशक्ति र स्रोतसाधनबीच ‘ट्रायल’को रुपमा फार्मेसी सञ्चालनमा ल्याएको हो ।

फार्मेसी सञ्चालनका लागि आवश्यक पर्ने औषधिको आपूर्तिसँगै थप जनशक्ति परिचालन हुनासाथ आगामी महिनादेखि पूर्ण क्षमताको फार्मेसी सञ्चालनमा ल्याउने तयारी गरिरहेको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए ।

‘आजदेखि ट्रायलको रुपमा सञ्चालनमा ल्याएको फार्मेसीमा अहिले धेरै प्रयोग हुने दुई सय ५० थरीका गुणस्तरीय औषधि सर्वसुलभ मूल्यमा किन्न पाइन्छ ।’ डाक्टर बस्नेतले भने, ‘सबै कुरा व्यवस्थित हुनासाथ यसलाई परिमार्जन गर्दै लगिन्छ ।’

टेण्डरमा किनेको भन्दा थोरै मात्र ‘मार्जिन’ राखेर फार्मेसीले औषधि विक्री गर्ने हुँदा सर्वसाधारणले बजार मूल्यभन्दा झण्डै दुई गुणा सस्तोमा औषधि किन्न सकिने उनको भनाई छ ।

‘बजारमा एक ट्याब्लेट मेटफर्मिनको चार रुपैयाँ पर्छ भने हामीले त्यसको मूल्य टेण्डरमा उल्लेख भए भन्दा छ पैसामात्र बढाएर ८६ पैसा गरेका छौ ।’ उनले भने, ‘जुन खरिद गर्दा एक रुपैयाँ भन्दा कम मूल्य पर्छ ।’

फार्मेसी सञ्चालनका क्रममा अस्पतालले खरिद ऐनकै दायरामा रहेर औषधि खरिद गर्दा गुणस्तरमा सम्झौता गर्नु पर्ने स्थिति समेत आउने उनको अनुभव छ । जसको अन्त्यका लागि ‘फार्मेसी ऐन’ नै संसोधन गर्नु आवश्यक हुने डाक्टर बस्नेतको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment