Comments Add Comment

ब्रेकअपपछि विन्दास नीता

neeta-dhungana
नायिका नीता ढुंगानाका फेसबुकमा केहि महिना अगाडिसम्म नव-नायक आमेष भण्डारी देखिन्थे । आमेष र नीता दुबैको फेसबुकमा सिंगल फोटो भेट्न मुश्किल पथ्र्यो । तर, अहिले यी दुई अलग भैसकेका छन् । दुबैको फेसबुकमा सिंगल तस्बिरहरु भेटिन्छन् ।

ब्रेकअपपछि आमेष केहि समय पर्दा पछाडि बसे भने नीता चलचित्रमा नै व्यस्त रहिन् । आमेष अहिले एक नयाँ चलचित्रको छायांकनमा व्यस्त छन् । नीता भने चलचित्र र म्यूजिक भिडियोको छायांकन सकेर विन्दास देखिएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा आमेष स्थान बनाउन कोशिशमा छन् भने नीता स्थान जोगाउने कोशिशमा छिन् ।

नीताले फेसबुकमा पोष्ट गरेका तस्बिर हेर्दा उनी विन्दास देखिन्छिन् । सायद, आमेष र नीता अहिले व्रेकअपको पीडा विर्सिएर काममा रमाइरहेका छन् । नीताले अभिनय गरेका केहि चलचित्र रिलिजको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment