Comments Add Comment

मोडल सम्पदा प्रेममा, सार्वजनिक गरिन् प्रेमी

rajiv-and-sampada
२ बर्षदेखि प्रेममा रहेकी मोडल सम्पदा बाँनियाले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । उनले फेसबुकमा ‘मिस्टर पर्फेक्ट’ लेख्दै प्रेमी सार्वजनिक गरेकी हुन् । तर, उनले आफ्नो प्रेमीको नाम भने सार्वजनिक गरेकी छैनन् । तर, वुझिएअनुसार, सम्पदाका प्रेमीको नाम राजिभ बस्नेत हो ।

५ बर्षदेखि म्यूजिक भिडियोमा अभियन गर्दै आएकी सम्पदाले टेलिभिजनमा पनि चलचित्र सम्बन्धी कार्यक्रम संचालन गरेकी थिइन् । उनले ५ दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेकी छिन् । उनी अहिलेकी रोजाइकी मोडलमा पर्छिन् । उनले चलचित्र ‘ठमेल डट कम’को प्रमोशन गीतमा पनि मोडलिङ गरेकी थिइन् ।

प्रेमको बारेमा उनले अहिले नै केहि बताउन चाहिनन् । उनले भनिन्-‘अहिले यो बिषयमा केहि पनि बोल्न चाहन्न । समय आएपछि सबै कुरा थाहा भैहाल्छ नि ।’
वुझिएअनुसार सम्पदा र राजिभ केहि महिनामा नै बिहे बन्धनमा बाँधिने सोचमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment