Comments Add Comment

अध्ययन भन्छः हप्ताको एक दिन व्यायाम गरे पर्याप्त

bayamसप्ताहान्तको एक वा दुई सत्रमा सबै व्यायामहरु एकैचोटि गर्ने व्यक्तिहरुले नियमित व्यायाम गर्नेहरुको जत्तिकै लाभ प्राप्त गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । इर्ंग्ल्यान्ड र स्कटल्यान्डमा ६० हजार युवाहरुमाथि गरिएको अध्ययनले साताभरी व्यायाम गर्ने र सप्ताहान्तमा मात्रै गर्नेहरुको मृत्यूको जोखिम उत्तिकै दरमा कम हुने ठहर्‍याएको हो ।

यो अनुसन्धानको निस्कर्षले प्रत्येक दिन व्यायाम गर्न नभ्याउने र हप्ताको एक वा दुई दिन समय निकालेर गर्नेहरुलाई राहत दिएको छ ।

‘धेरै मानिसहरु हप्ताको एक वा दुई दिन शारीरिक अभ्यास गर्छन् तर फिट रहनका लागि यति पर्याप्त नहोला कि भन्ने चिन्ता उनीहरुमा हुन्छ,’ लफबोरोग युनिभर्सिटीले गरेको अध्ययनका लेखक एवं शारीरिक क्रियाकलाप अन्वेषक गेरी ओ डोनोभानले भने, ‘हामीले प्रष्ट लाभ भेट्टायौं । यसले उनीहरुलाई स्वस्थ र तन्दुरुरुस्त राखिरहेको हुन्छ ।’

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले छिटो मृत्यूको जोखिम कम गर्न प्रत्येक व्यक्तिले हप्तामा १५० मिनेट सामान्य व्यायाम वा हप्तामा ७५ मिनेट गम्भीर व्यायाम गर्नुपर्ने सुझाव दिएको छ । अध्ययनले हप्ताभरी व्यायाम गर्ने व्यक्तिहरुमा निस्त्रिmय व्यक्तिको तुलनामा मृत्यूको जोखिम ३५ प्रतिशत कम हुने जनाएको छ जसमा मुटुको रोगबाट हुने मृत्यूको सम्भावना ४१ प्रतिशतले र क्यान्सरबाट हुने मृत्यूको सम्भावना २१ प्रतिशतले कम हुन्छ । यसैगरी सप्ताहान्तमा मात्रै ब्यायाम गर्नेहरुको हकमा निस्कृय व्यक्तिको तुलनामा छिटो मृत्युको सम्भावना ३० प्रतिशतले कम हुन्छ जसमा मुटुरोग र क्यान्सरबाट मृत्यूको सम्भावना क्रमस ४० र १८ प्रतिशतले न्यूनिकरण हुन्छ ।

‘सप्ताहान्तमा व्यायाम गर्नेहरुले सिफारिस गरिएको परिमाणमा शारीरिक अभ्यास एक वा दुई सत्रमा गनुपर्छ जसमा गम्भीर प्रकृतिका व्यायामका अनुपात उच्च हुन्छ र उनीहरुले सामान्य प्रकृतिका अभ्यास गर्नेले भन्दा बढि लाभ हासिल गर्छन्,’ ओ डोनोभान भन्छन् । अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार महिला र पुरुष दुवैले यस्तो व्यायामबाट उत्तिकै परिमाणमा लाभ हासिल गर्नेछन् ।

सन् १९९४ देखि २००२ को बीचमा गरिएको अध्ययनका क्रममा ४० वर्षमाथिका ६३ हजार ५ सय ९१ व्यक्तिलाई सहभागी गराइएको थियो । यो बीचमा नौ हजार सहभागीहरुको मृत्यू भएको जनाइएको छ ।

नयाँ वर्षमा फिट रहने अठोट गरेका व्यक्तिहरुलाई सामान्य व्यायामबाट सुरु गर्न ओ डोनोभानले सुझाव दिए ।

‘मध्यम उमेरका र पाका व्यक्तिहरुले १२ हप्तासम्म सामान्य व्यायाम गरेपछि मात्रै गम्भीर व्यायाम सुरु गर्नुपर्छ,’ उनले भने ।

थोरै व्यायामले पनि मृत्यूको जोखिम उल्लेख्य रुपमा कम गर्ने अध्ययनको ठहर छ । अध्ययनका अनुसार व्यायाम नगर्नेहरु भन्दा थोरै व्यायाम गर्नेहरुको मृत्यूको सम्भावना २९ प्रतिशतले कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment