Comments Add Comment

आमिरले जायरालाई भने ‘तिमी मेरो रोल मोडल’

jayaraमुम्बई । बलिउड अभिनेता आमिर खान जायरा वसिमको पक्षमा उभिएका छन् । सामाजिक सञ्जालमा जायरा बिरुद्ध केहि मान्छे उत्रिएपछि आमिर जायराको पक्षमा उभिएका हुन् ।

आमिरले एक स्टेटमेन्ट जारी गर्दै भनेका छन् ‘तिम्रो सुन्दरता, क्षमता र कठिन परिश्रमले तिमी विश्वमै रोलमोडल बनेकी छ्यौ । तिमी मेरो पनि रोल मोडल हौ’ ।

जायराले शनिवार जम्मु कश्मीरका सिएम महुबबा मुफ्तीसँग भेटेपछि वसीम बिरुद्ध केहि ब्यक्तिले प्रहार गरेका थिए ।

हालै रिलिज भएको फिल्म ‘दंगल’ मा गीता फोगाटको चरित्र निर्वाह गरेकि कश्मिरि कलाकार जायराले फेसबुक पेजवाट माफी मागेकी थिइन् ।

आमिरले मंगलवार स्टेटमेन्ट जारी गर्दै लेखेका छन् ‘जायरा म तिमीलाई भन्न चाहन्छु । हामी सब तिम्रो साथमा छौं’ । आमिरले आम दर्शकलाई अपिल गर्दै भनेका छन् ‘जायरा १६ वर्षकी बच्चि हुन्, जो आफ्नो जीवन जिउने कोसिस गर्दै छिन् । त्यसो त गौतम गम्भिरले पनि जायराको सपोर्टमा ट्वीट गरेका छन् ।

‘जायरा अघि बढेको देखेपछि केहि ब्यक्तिले आफुलाई असुरक्षित महसुस् गरेका छन् ।’ २३ अक्टुवर २००० मा जन्मिएकी जायरा कश्मिरकी हुन् । उनले जम्मु-कश्मिरको मुख्यमन्त्री महबुबा मुफ्तीलाई भेटेपछि केहि पृथकतावादीहरुले जायरालाई नर्कमा तिम्रो ठाउँ सुरक्षित छ भनेर टिप्पणी गरेका थिए । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment