Comments Add Comment

बुस दिदीबहिनीको ओबामा दिदीबहिनीलाई मार्मिक खुलापत्र

bush-sisters

अमेरिकाका भुतपूर्व राष्ट्रपति जर्ज डब्लु बुसका छोरीहरुले ह्वाइट हाउस छोड्ने तरखरमा रहेका राष्ट्रपति बाराक ओबामाका छोरीहरुको नाममा एउटा खुलापत्र लेखेका छन् । राष्ट्रपति ओबामाको कार्यकाल २० जनवरीमा समाप्त हुँदैछ ।

बुस पुत्रीहरु जेना र बारबराले लेखेको खुलापत्रमा ओबामा पुत्रीहरु सासा र मलियाको जीवनको नयाँ अध्यायमा आफूहरु साथ रहेको उल्लेख गरिएको छ । सन् २००१ देखि २००९ सम्म ह्वाइट हाउसमा बुस परिवारको बास थियो । पछि बुस पुत्रीहरु विश्वविद्यालय र नोकरीतिर लागे । अमेरिकाको प्रख्यात टाइम पत्रिकामा छापिएको खुलापत्रको व्यहोरा यसप्रकार छः

‘मलिया र साशा, ८ वर्षअगाडि नोभेम्बरको एक बिहान ह्वाइट हाउसको सिँढीमा हामीले तिमीहरुलाई अभिवादन गरेका थियौं । आफ्नो नयाँ घरलाई एक टकले हेरिरहँदा हामीले तिमीहरुको आँखामा एउटा चमक र सावधानीको प्रतिबिम्ब देखेका थियौं ।

तिमीहरुलाई सबै वस्तुहरुसँग अभ्यस्त गराउनका लागि हामी बाल्टिमोर र न्यूयोर्कमा रहेको आफ्नो नोकरीबाट चाँडै छुट्टी लिएर वाशिङ्टन गएका थियौं । तिमीहरुलाई लिंकन सयनकक्ष देखाउन र ती सयनकक्ष देखाउन जुन पहिले हाम्रा थिए, फुलवाला, मैदानको रेखदेख गर्नेहरु, भान्सेहरुसमेत सबैसँग भेट गराउन, जसलेेेेेेेेेेेेेेेेेेेेेेे यो ऐतिहासिक भवनलाई घरको रुप दिन आफूलाई समर्पित गरेका छन् ।

obama-sisters

हामी चारै जना यस घरको शाही हलमा घुमिरहेका थियौं र यो घरमा आउनुबाहेक तिमीहरुसँग अर्को विकल्प थिएन । जब तिमीहरु सूर्यघडीको रेलिङमा चिप्लिएर तल झरिरहेकी थियौं, त्यतिबेला तिम्रो हाँसो र खुशी लोभलाग्दो थियो । तिमीहरु जस्तै हामी पनि यो रेलिङमा चिप्लिने गथ्र्यौं, जब हामी आठ वर्षका थियौं । र, जब हामी २० वर्षका भयौ, फेरि एक पटक जवानीका दिनमा पनि यसको मज्जा लियौं ।

आठ वर्षमा तिमीहरुले धेरै कुरा गरेका छौ । धेरै कुरा देखेका छौ । तिमीहरु रबेन द्विपमा आफ्नो पिताको हात समातेर त्यो जेलको गेटअगाडि उभिएका थियौ जहाँ दशकौंसम्म दक्षिण अप|mीकाका नेल्सन मन्डेला थुनिएका थिए ।

तिमीहरुले आफ्नी आमासँग लाइबेरिया र मोरक्कोको भ्रमण गर्‍यौ र केटीहरुसँग शिक्षाको महत्वका विषयमा कुरा गर्‍यौ । ती केटीहरुले तिमीहरुभित्र र तिमीहरुको मातापितामा आफ्नो तस्बिर देखे, अनि यो बुझेकी लेख्न-पढ्न जारी राखे भने उनीहरु के बन्न सक्छन् ।

तिमीहरु राजकीय भोजमा सामेल भयौ । राष्ट्रिय उद्यानको भ्रमण गर्‍यौ । अन्तर्राष्ट्रिय नेताहरुसँग भेटघाट गर्‍यौ र वाषिर्क थ्यांक्सगिभिङ कार्यक्रममा आफ्ना पिताको चुटकिला सुनेर मरिमरी हाँस्यौ । यो सबै तिमीहरुले आफ्नो बाल्यकालमा स्कुल जाँदै र साथीहरु बनाउँदै गर्‍यौ ।

हामीले तिमीहरुलाई एकदमै आकर्षक र सहज तरीकाले केटीबाट प्रभावशाली यूवतीमा रुपान्तरण भइरहेको देख्यौं । यो क्रममा तिमीहरु दुवै एक अर्काका लागि उपस्थित थियौ जसरी हामी पनि एक-अर्काका लागि थियौं ।

अब तिमीहरु एउटा असाधारण क्लवको हिस्सा बन्न गइरहेका छौ, पूर्व राष्ट्रपति सन्तानको क्लव । यो यस्तो पदवी हो जुन तिमीहरुले मागेका होइनौ र जसको कुनै दिशानिर्देश पनि छैन । तर आउँदो समयमा गर्नका लागि तिमीहरुसँग धेरै कुरा छन् । तिमीहरु आफ्ना प्रख्यात मातापिताको छायाबाट अलग रहेर आफ्नो जीवनको कथा लेख्नेछौ, तर पनि पछिल्ला आठ वर्षको अनुभव तिमीहरुसँगै रहनेछ ।

ह्वाइट हाउसमा काम गर्ने असल मानिसहरुलाई कहिल्यै नभुल्नु । हाम्रो हजुरबुवाको उद्घाटन समारोहको बेला जब हामी सात वर्षका थियौं, ह्वाइट हाउसमा फुलको मालीले हाम्रो स्वागत गरेकी थिइन् । हाम्रो हजुरबुवाको सिरानीमा राख्नका लागि बुकेट बनाउन उनले हाम्रो मद्दत गथिइन् । २० वर्षपछि उनले जेनाको बिवाहमा फूलको सजावट गरिन् ।

हामी आफ्नो गुप्तचर सेवाका मानिसहरुसँग सम्प्र्कमा रहन्छौ । हामी ठूला हुँदै गर्दा उनीहरुको उपस्थिति सधैं रह्यो, पहिलो भेट, बिवाह र हनिमुनमा पनि ।

कलेजको आनन्द लेउ, जसरी हामीले लियौ । तिमीहरुको कोमल काँधमा दुनियाको बोझ अब हुनेछैन । आफ्नौ सौख पुरा गर । आफू को हुँ भन्ने बुझ । गल्तिहरु गर, तिमीहरुलाई यसको छुट छ ।

तिमीहरुलाई माया गर्ने र सँधै तिमीहरुको हिफाजत गर्ने वफादार साथीहरुको साथ कहिल्यै नछाड्नु । जो तिमीहरुको बारेमा धारणा बनाउछन्, उनीहरु तिमीहरुलाई माया गर्दैंनन् र यसकारण उनीहरुको कुरामा तिमीहरुले ध्यान दिनु आवश्यक छैन । तिमीहरुको मनको कुराले मात्रै अर्थ राख्छ ।

जे-जति तिमीहरुले देखेका छौ, जो मानिसहरुसँग तिमीहरुको भेट भयो, जे कुरा तिमीहरुले सिक्यौ, यी सबैको सहयोगबाट सकारात्मक परिवर्तन ल्याउने प्रयत्न गर्नु । हामीलाई कुनै शंका छैन, तिमीहरुले यस्तै नै गर्नेछौ ।
आफ्नो मातापिताको साथमा भ्रमण गरेर हामीले जे सिक्यौं, त्यो कुनै कक्षामा कहिल्यै सिक्न सक्थेनौ. । हामीर्लाइ संसारका नयाँ मानिसहरु, नयाँ संस्कृति र विचारको विषयमा जानकारी हासिल भयो ।

मिचिगनमा हामीले कारखानाका मजदुरलाई भेट्यौं, क्यालिफोर्नियामा शिक्षक, बर्माको सीमामा मानिसहरुको उपचार गरिरहेका डाक्टरहरुलाई भेट्यौ । अमेरिकी राष्ट्रपतिलाई हेर्न कम्पालाको धुलोयुक्त सडकमा लाइन लागेका बच्चाहरुलाई भेट्यौं र ती एचआइभी पिडित बच्चाहरुसँग पनि भेट्यौ जो ती औषधिको प्रतिक्षामा थिए जसले उनीहरुको ज्यान बचाउन सक्छ ।

तिमीहरु ह्वाइट हाउसको अविश्वसनीय दवावबाट गुजि्रसकेका छौ । तिमीहरुले आफ्नो मातापिताको कठोर आलोचना ती व्यक्तिहरुबाट सुनेका छौ जसले कहिल्यै उनीहरुलाई भेटेका छैनन् ।

तिमीहरुका अमूल्य मातापिता विवादमा आउँदा तिमीहरु उनीहरुको साथमा उभियौ । तिमीहरुका मातापिताले सबैभन्दा अगाडि तिमीहरुको परवाह गरे र जसले तिमीहरुलाई केवल संसार मात्र देखाएनन् बल्की पूरा संसारलाई तिमीहरुको कदममुनि राखिदिए ।

अब तिमीहरुले एउटा नयाँ अध्याय सुरु गर्न लागिरहँदा सँधैं जस्तो उनीहरुले तिमीहरुलाई सहयोग गर्नेछन् । र, हामीबाट पनि यही आशा गर्नु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment