Comments Add Comment

प्रेममा छन् अधिकांश नायक-नायिका, कोहि लुकाउने त कोहि देखाउने

namrata-and-dawa-3
नयाँ पुस्ताको आगमनसँगै नेपाली चलचित्र क्षेत्रमा नयाँ नयाँ सोच पनि विकास भैरहेको छ । कलाकारहरु अधिकांश बिषयमा खुलेरै बोल्छन् र मिडियामा कुरा पनि राख्छन् ।

कुनै समय कलाकारको प्रेमको चर्चा मिडियामा आउँदा सनसनी नै हुन्थ्यो । तर, अब विस्तारै कलाकारको प्रेम सामान्य हुन थालेको छ । कलाकारहरु प्रेममा रहेको खबर मिडियाका लागि व्रेकिङ बन्थे । तर, अब उनीहरु प्रेमी वा प्रेमिकाको साथमा सार्वजनिक कार्यक्रममै पुग्न थालेका छन् । साच्चै, लभको बिषयमा पनि नेपाली चलचित्रका कलाकार फराकिलो बन्न थालेका छन् ।

अब, नायिका नम्रता श्रेष्ठकै कुरा गरौ न । नम्रताको प्रेम चर्चा मिडियाका लागि नयाँ होइन । उनले, रेमनदास श्रेष्ठ, प्रेम घले र अहिलेका प्रेमी दावा शेर्पालाई खुलेरै मिडियामा प्रस्तुत गरिन् । दावा र नम्रता अहिले सबैजसो सार्वजनिक कार्यक्रममा एकसाथ देखिन्छन् । हुनत, आजसम्म दावा र नम्रताले कुनै पनि मिडियामा एकसाथ कुराकानी गरेका छैनन् । तर, पनि नम्रताले आफ्नो प्रेमलाई लुकाउन चाहिनन् ।
barsha-raut-bdy-2
यो कुरामा, नायक संजोग कोइराला र नायिका बर्षा राउत पनि उदार छन् । प्रेमी-प्रेमिका भन्दा पनि साथी जस्तो यो जोडी सबैजसो सार्वजनिक कार्यक्रममा एकसाथ पुग्छन्, मिडियासँग कुराकानी गर्छन् । बिहे कहिले गर्ने भन्ने टुंगोमा नपुगेपनि बर्षा र संजोगको प्रेम कसैमाँझ लुकेको छैन । चलचित्र क्षेत्रमा चर्चा कमाउँदै गएकी बर्षालाई प्रेमका कारण फ्यान घट्छन् भन्ने लाग्दैन ।

नायक संयम पुरी र नायिका आश्मा डीसीले पनि प्रेमको कुरालाई मिडियासँग लुकाएनन् । प्रेममा परेको करिब ३ बर्षपछि नायिका नीता ढुंगाना र नायक आमेष भण्डारीले प्रेम सार्वजनिक त गरे, तर अहिले उनीहरु अहिले अलग भैसकेका छन् ।
paul-and-aanchal
प्रेममा रहेर पनि नायक पल शाह र नायिका आँचल शर्माले साथी मात्र हौ भन्न छाडेका छैनन् । चलचित्र ‘नाई नभन्नु ल ४’को छायांकनदेखि फक्रिएको पल र आँचलको प्रेम चलचित्र ‘जोनी जेन्टलम्यान’सम्म पुगिसकेको छ ।

नायक सलोन बस्नेतले पनि नव-नायिका करिश्मा श्रेष्ठसँगको प्रेमलाई खुलेरै स्विकार गरेका छैनन् । तर, सार्वजनिक कार्यक्रममा सलोन र करिश्मालाई देख्न गाह्रो पर्दैन ।

नायिका नीशा अधिकारीले पनि क्रिकेटर शरद भेष्वाकरसँगको प्रेमलाई सार्वजनिक गरिन् । तर, यी दुई लामो समयसम्म एक हुन सकेनन् । नायक राजेश हमालले ७ बर्ष प्रेम सम्बन्ध लुकाएर इन्गेजमेन्ट गर्नु अगाडि प्रेमिका सार्वजनिक गरे । अहिले, उनी र मधु बिहे बन्धनमा बाँधिसकेका छन् ।

नायक आर्यन सिग्देलले पनि प्रेममा रहेको केहि समयमा नै प्रेमिका सार्वजनिक गरेका थिए । पछि, यी दुइले बिहे नै गरे । धेरै कलाकार अझै पनि प्रेम सम्बन्धको बिषयमा बोल्न चाहँदैनन् । नायिका मेनुका प्रधानले त आफू एक चलचित्रकर्मीसँग लिभिङ टूगेदरमा रहेको खुलाइसकेकी छिन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि प्रेममा छिन् । उनले अनलाइनखबरसँग आफू प्रेममा रहेको कुरालाई अस्विकार गर्दै मयंक खड्का आफ्ना साथी मात्र भएको बताएकी थिइन् । तर, उनको झुट पनि लामो समयसम्म टिकेन ।
aausman and paramita
चलचित्र ‘चपली हाइट २’का नायक आयुष्मान देसराजले पनि यो चलचित्रकी नायिका परमिता राणासँगको प्रेमलाई मिडिया र फ्यानसँग लुकाएनन् । चलचित्रको छायांकनका क्रममै यी दुइको प्रेम सार्वजनिक भएको थियो । नायक सविन श्रेष्ठ र नायिका अनु शाह पनि लामो समयदेखि प्रेममा रुहेको चर्चा चलचित्र क्षेत्रमा चल्ने गरेको छ । तर, दुबैले प्रेमलाई स्विकार गर्न सकेका छैनन् ।
sabin and anu (1)
कोहि प्रेमको लुकिछिपी खेल खेलिरहेका छन् भने कोहि यसलाई लुकाउन चाहँदैनन् । तर, अहिले चलचित्र क्षेत्रमा आएका अधिकांश कलाकार प्रेममा रहेको माथिका उदाहरणले पनि पुष्टी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment