Comments Add Comment

छोराको नाममाथि उठेको विवादमा सैफले मुख खोले

saif-ali-khan1सैफ अलि खान र करिना कपुरको छोराको नाम (तैमुर) लाई लिएर भारतीयहरुले सामाजिक सञ्जालमा निकै टिका-टिप्पणी गरे । टर्कीका एक बदनाम तानाशाहको नाम तैमुर थियो, जुन नाम यी दम्पत्तिले मन पराए ।

लामो समयपछि सैफले नामको विषयमा उत्पन्न विवादमा मुख खोलेका छन् । भारतीय मिडियासँगको कुराकानीमा उनले भने, ‘टर्कीका शासकको नाम तिमूर थियो, मेरो छोराको नाम तैमुर हो । सुन्दा उस्तै लागे पनि एउटै नाम होइन ।’

श्रीमती करिनालाई यो नाम मन परेकाले राखिएको उनले प्रतिक्रिया दिए । सैफले ठट्टा गर्दै भने, ‘फिल्ममा जस्तै ‘डिस्क्लेमर’ दिनुपर्ने रहेछ- यो नामको कुनै पनि जिवित वा मृतक व्यक्तिसँग सम्वन्ध छैन भनेर ।’

सैफका अनुसार तैमुरको अर्थ फलाम हुन्छ । अलेक्जेन्डर र अशोकको नाम पनि हिंस्रक इतिहाससँग जोडिएको उल्लेख गर्दै उनले भने, ‘कसैको नाम राख्नासाथ उसैको जस्तो व्यवाहार गरिन्छ भन्ने छैन । तैमुर माया, शान्ति र राम्रो मूल्य-मान्यतामा हुर्किनेछ । उ एउटा उदारवादी, सन्तुलित र खुला दिमागको व्यक्ति हुनेछ ।’

उनले आफ्नो छोरामा धेरै करिनाको गुणहरु आफूले देखेको बताए । गर्भवती हुँदा करिनाले ग्ल्यामरस र बोल्ड रुपमा प्रस्तुत भएको विषयमा उनले भने, ‘उनी धार्मिक, आर्थिक तथा मानसिकरुपमा स्वतन्त्र थिइन् । घरमा कसैले पनि उनलाई तिमीले यसो गर्नुपर्छ भनेर भन्न सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment