Comments Add Comment

केन्याकी महिला सांसदको अपीलः पहिले भोटर कार्ड, त्यसपछि मात्र सेक्स

kenya

मतदान गराउनका लागि नेताको यस्तो अपील सायद तपाईले यसअघि सुन्नुभएको छैन । केन्यामा एक सांसदले महिलाहरुलाई यो अपील गरेकी छन् कि आफ्ना पतिसँग त्यतिबेलासम्म सेक्स नगर्नुस जवसम्म उनीहरुले ८ अगष्टमा हुने निर्वाचनका लागि मतदाता नामावलीमा नाम नलेखाउन् ।

मिसी मबोको तटीय शहर मोम्बासाबाट निर्वाचित महिला प्रतिनिधि हुन् । उनका अनुसार बिपक्षीलाई कमजोर पार्ने यो सबैभन्दा उत्कृष्ट रणनीति हो ।

माबोकेले भनिन्, ‘महिलाहरु तपाईंहरुले यो रणनीति अपनाउनुस्, यो सबैभन्दा राम्रो हुन्छ । आफ्ना पतिसँग सेक्स गर्न अस्वीकार गरिदिनुस् जवसम्म उनीहरुले तपाईंलाई आफ्नो भोटर कार्ड देखाउँदैनन् ।’

मतदाता नामावली दर्ताका लागि १७ फेब्रुअरीसम्म म्याद तोकिएको छ ।

माबोकोका अनुसार सेक्स एक शक्तिशाली हतियार हो जसले पुरुषलाई मतदाताको रुपमा नामावली दर्ता गराउन सहयोग गर्छ । सोमबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु भएको छ ।

स्ट्याण्डर्ड अखवारमा छापिएको समाचार अनुसार उनले भनिन् कि यस बहिस्कारका असर त्यस्ता पतिहरुलाई पर्नेछैन जसले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

केन्याका राष्ट्रपति उहुरु केनयट्टा दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन् ।

यस्तो संभावना पनि छ कि मोबोकोको पार्टी ओडिएमसहितका विपक्षी पार्टीहरुको गठबन्धधनका उम्मेदवारले उहुरुलाई टक्कर दिन सक्नेछन् ।

मोबोकोले भन्छिन् कि यदि अधिक संख्यामा मतदाता नामावली दर्ता भयो भने विपक्षी गठबन्धनले निर्वाचन जित्ने संभावना अधिक रहन्छ ।

केन्यामा सम्भोग बहिस्कार गर्ने अपील नयाँ कुरा भने होइन । सन् २००९ मा महिला कार्यकर्ताले एक सातासम्म सेक्स हड्ताल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment