Comments Add Comment

आहा ! रारा गोल्डकपः धरानसँग एपीएफ स्तब्ध

dharan-fc

५ माघ, पोखरा । सातौं राष्ट्रिय खेलकुदमा फुटवलको स्वर्ण पदक जितेको सशस्त्र प्रहरीको एपीएफ मोफसलको धरान फुटवल क्लबसँग स्तब्ध भएको छ ।

पोखरामा जारी १५ औं संस्करणको आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा धरानले एपिएफलाई १/० ले पराजित गरेको हो ।

धरानको जितमा एकमात्र नि/णायक गोल दीपक राईले गरे । वर्तमान राईको पासमा एक्लै बल अगाडि बढाएका उनले खेलको ११३ औं मिनेटमा सेकेण्ड बार च्याप्दै हानेको प्रहार गोलमा परिणत भएको हो । अफिसियलले दीपक राईले गोल गरेको जानकारी दिएपनि सो गोल आत्मघाती जस्तो देखिएको थियो ।

पहिलो हाफमा धरानलाई दबावमा राखेर खेलेको एपीएफ दोश्रो हाफमा भने खासै जम्न सकेन । पहिलो हाफमा एपिएफले ४ भन्दा बढी गोल गर्ने अवसर खेर फालेको थियो । एपीएफका श्याम नेपाली, युवराज खड्का, रञ्जन बिष्ट, सुदीप शिखरकारलगायत गोल गर्न चुके ।

खेलको ४३ औं मिनेटमा राजेन्द्र रावल गोल गर्न चुके । उनले नविन लामाले प्रहार गरेको फ्रिकिक बल कन्ट्रोलमा लिदै प्रहार गरेको एयरबल क्रसबारमा ठोक्कियो । थपिएको समयको अन्तिम मिनेटमा सुदीप शिल्पकार गोललाइन नजिकैबाट पनि गोल गर्न चुके । उनले प्रहार गरेको बल बिपक्षी गोलकिपर पूर्ण चेम्जोङले जोगाए ।

पहिलो हाफ दबावमा खेलेको धरानले दोश्रो हाफमा केही सुधारिएर खेल्यो । यल्पि गोल गर्न भने अतिरिक्त समयनै कुर्नुपर्‍यो । धरानका गिल्सन कन्दङ्वा, निशान लिम्बुलगायत गोल गर्न चुके ।

बुधबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका धरानका गोलकिपर पूर्ण चेम्जोङ म्यान अफ दी म्याच भए । उनले बिपक्षी एपीएफका आधा दर्जन भन्दा बढी प्रहार बिफल पारेका थिए ।

खेल समापन पछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै धरानका प्रशिक्षक सुवास केसीले जित प्रति खुशी व्यक्त गरे । उनले टिम सेट हुन नपाएकाले सोंचेजस्तो प्रदर्शन गर्न नसके पनि पाएको मौका सदुपयोग गर्दा जित हात पारेको बताए ।

पराजित टिम एपिएफका प्रशिक्षक कुमार थापाले स्ट्राईकरको अभावले पराजित हुनुपरेको बताए । उनले अञ्जन विष्टको अभाव खेलमा देखिएको र रञ्जन बिष्ट घाईते हुनु पनि हार्नुको कारण रहेको बताए ।

प्रतियोगिता अन्तर्गत विहीबार अमेरीकाको ए.एन.ए.युएसए फुटवल टिम र झापा ११ प्रतिष्पर्धामा उत्रिनेछन् ।

तस्वीरः उमेश पुन/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment